Home / Feature Breaking news / ६२ औं प्रहरी दिवशः प्रदेश कार्यालयद्वारा विविध कार्यक्रम सम्पन्न

६२ औं प्रहरी दिवशः प्रदेश कार्यालयद्वारा विविध कार्यक्रम सम्पन्न

दाङ, २७ असोज

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले ६२ औँ प्रहरी दिवश विविध कार्यक्रम गरी मनाएको छ । प्रहरीले उत्कृष्ट कार्य गर्ने प्रहरीहरुलाई सम्मान, अमर प्रहरीलाई श्रद्धाञ्जली कार्यक्रम लगायतका विभिन्न खेलकुद प्रतीयोगीता गरी मनाएको छ ।

प्रहरी दिवशका अवसरमा गरीएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि उच्च अदालत तुल्सीपुरका निमित्त मुख्य न्यायधिश श्रीमणकुमार गौतमले समाजमा अमण चयनका र राज्यमा शान्ति र सुव्यवस्था कायम गराउनकालागि प्रहरीको भूमीका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सिमीत श्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले जनताको मन जित्न सफल भएको भन्दै प्रहरीले समाजमा खेलेको भुमीकाको प्रशंसा गर्नुभयो । गौतमले जनताले अपेक्षा गरे अनुसारको अनुसन्धानमा प्रहरीले गरेको कमजोरीका कारण अपराधीहरु अदालतबाट उम्कन सफल हुने गरेकोले त्यस तर्फ सर्तक रहन सुझाव दिनुभयो ।

५ नंबर प्रदेश प्रहरी प्रमुख मिङमार लामाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय तुलसीपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंह चन्द, अमर प्रहरी परीवार संघका केन्द्रीय अध्यक्ष नबराज श्रेष्ठ, अमर प्रहरी परीवार संघ दाङकी उपाध्यक्ष निर्मला थापा, पूर्व प्रहरी संगठनका जिल्ला अध्यक्ष रोवरबहादुर बस्नेत लगायतले बोल्नुभएको थीयो ।

कार्यक्रमा द्धन्दकाल लगाएत विभीन्न घटनामा परेर ज्यान गुमाएका अमर प्रहरी प्रति पुष्पगुच्छा अर्पण गर्दै श्रद्धान्जली एवं सम्मान व्यक्त गरीएको थियो ।

दिवशका अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरु, विभिन्न खेलकुद प्रतीयोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधी, सरकारी कार्यालयका प्रमुखहरु, १९ नं. बाहिनीका प्रमुख विनोद पाण्डे, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावत, निवर्तमान अध्यक्ष विमल रिजाल, सशस्त्र प्रहरी वेस क्याम्पका प्रमुख जगदिश जोशी लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रहरी निरिक्षक सुर्यबहादुर थापाले गर्नु भएको थियो ।

प्रदेश नंं ५ एआईजीे कार्यालय उद्घाटन

प्रदेश नं ५ का प्रहरी प्रमुख एआईजि कार्यालयको शुक्रवार उद्घाटन गरिएको छ । मिङमार लामाले भबनको उद्घाटन गरेका हुन् । एआईजी मिङमार लामाको निवास र कार्यालय सञ्चालनका लागि एउटा नीजि भवन मासिक एक लाख २० हजार भाडामा लिइएको एआईजी लामाले बताए ।

तुलसीपुर–सितलपुर सडक अखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा स्टार चोक स्थित एकजना व्यक्तिको घर एआईजी लामाका लागि उक्त भाडादरमा लिइएको हो । अहिले उक्त घरमा एआईजी लामा सहित २०÷२५ जना प्रहरी जवानहरु पनि बस्ने छन् । उनले आफ्नो निवासको मासिक खर्च ५५ हजार र कार्यालयको मासिक खर्च ६५ हजार समेत गरि मासिक एकलाख २० हजार भाडा निर्धारण भएको बताए ।

तुलसीपुर आएको दोस्रो दिनमै एआईजी लामाको कार्यालय खोज्न कार्य सुरु भएको थियो । कृषि विकास बैंक शाखा कार्यालय तुलसीपुरको घोराही रोड स्थित पुरानो घरमा भाडामा बस्ने भन्दै प्रहरीले सरसफाई पनि गरेको थियो । तर, कृषि विकास बैंकले उक्त पुरानो भवनमा बस्न नदिने भन्दै ताला लगाएपछि एआईजी लामाको लागि निवास खोज्न झन्डै एक महिना ढिलाई भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*