Home / Feature Breaking news / श्रीमानको स्मृतिमा विद्यार्थीलाई छात्रवृति

श्रीमानको स्मृतिमा विद्यार्थीलाई छात्रवृति

घोराही, २६ भदौ

स्वर्गीय पद्मराज भण्डारीको स्मृतिमा स्थापित अक्षयकोषबाट घोराही क्षेत्रका चार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ । स्वर्गीय भण्डारीको श्रीमति भवनी राजभण्डारीले सोमवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि छात्रवृति प्रदान गर्नुभएको हो ।

संस्थापक भवनी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा शुभप्रभात माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा लहना बुढा, माध्यामिक विद्यालय रझेनामा अध्ययनरत छात्रा बिपना आले, बालविकास माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा गिता पुन र सरस्वति माध्यामिक विद्यालय कोठेकोलमा अध्ययनरत छात्र स्वयत सुनारलाई एक बर्षसम्म विद्यालयमा अध्ययन गर्दा लाग्ने खर्च स्वरुप छात्रवृति प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निमित्त जिल्ला शिक्षा अधिकारी विनोद गौतमले छात्रवृतिले बालबालिकाहरुलाई अध्ययनमा ठुलो सहयोग पु¥याउने बताउनुभयो ।

विशिष्ठ अथिति नेपाल पत्रकार महासंघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले छात्रवृतिले बालबालिकाहरुको शैक्षिक उन्नतिसँगै शैक्षिक विकासका लागि सहयोग पु¥याउने बताउनुभयो । शिक्षासँगै पत्रकारिता जोडिएको भन्दै पोख्रेलले शिक्षाका क्षेत्रमा भएका सकारात्मक पक्षहरुलाई पत्रकारिताका माध्यामवाट बाहिर ल्याएर शैक्षिक विकासमा पत्रकारहरुले भुमिका खेल्ने बताउनुभयो ।

शुभप्रभात माध्यामिक विद्यालयका प्रधानाध्पाक गणेशराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएम, माध्यामिक विद्यालय रझेनाका सहायक प्रधानाध्यापक रामहरी रिजालले विद्यार्थीहरुलाई पुरस्कारको गरिमा बचाउने गरि अध्ययनमा लाग्न सुझाव दिनुभएको थियो । कार्यक्रमका सञ्चालन बालविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

त्यस अवसरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल र सचिव उदय जिएमलाई बधाई ज्ञापन गर्दै स्वागत सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*