दाङ, ८ चैत
सभामुख कृष्णबहादुर महराले देशमा शान्ति, सुशासन, समृद्धि र स्थायीत्य अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले विहीवार घोराहीमा आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै सभामुख महराले देशले शान्ति, समृद्धि, सुशासन र स्थायीत्व खोजेको बताए । उनले यसै अनुरुप यसकालागि राज्यसत्ता चल्नुपर्ने बताए ।
सभामुखको पदभार ग्रहण गरिसकेपछि अब सबैको साझा व्यक्ती भएर काम गर्ने उनको भनाई छ. । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी महरा सभामुख भएर दाङ आएपछि विभिन्न संघसंस्थाहरुले उनलाई स्वागत सम्मान गरेका छन् । यसैबीच सभामुख कृष्णबहादुर महराको सञ्चार विज्ञको रुपमा नियुक्त भएकोमा यसैबीच पत्रकार महासंघ दाङले उपाध्यक्ष डिल्ली मल्ललाई पनि बधाई सहित सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदिप गौतम, पूर्व अध्यक्ष प्रताप रेग्मीले भनाई राखेका थिए । उपाध्यक्ष लिला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सहसचिव गोकर्ण पौडेलले गरेका थिए ।