Home / Feature Breaking news / स्थानीय तहको योजना छनौट र कार्यान्वयसम्म मिडियाको खवरदारी आवश्यक : अध्यक्ष पोख्रेल

स्थानीय तहको योजना छनौट र कार्यान्वयसम्म मिडियाको खवरदारी आवश्यक : अध्यक्ष पोख्रेल

दाङ, ४ फागुन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले स्थानीय तहको समावेशी विकासका लागि बस्तीस्तरबाट योजना छनौटमा जनप्रतिनिधिले भूमिका खेल्नु पर्ने बताएका छन । समावेशीता सामाजिक विकासको आधार भएको भन्दै उनले योजना तर्जुमा गर्दा सवै समुदायको प्रतिनिधित्व हुनुपर्ने बताए।

फ्रि मिडिया नेटवर्क दाङले गरेको ‘स्थानीय तहको योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउन संचार क्षेत्रको भूमिका’ विषयक दाङमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले जनतालाई विकासको अनुभुति हुने गरी काम गर्न जनप्रतिनिधिदेखि संचार माध्मयहरुले ध्यानदिनुपर्ने बताए । दीगो विकास र समुन्नत समाज निर्माणका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने भन्दै उनले योजना छनोटदेखि कार्यान्वयनसँग संचारकर्मीहरुले ध्यान दिनुपर्ने बताए।

‘दिगो विकास र समुन्त समाज निर्माणका लागि मिडियाको महत्वपूर्ण भूमिका हुने गर्दछ’, पोख्रेलले भने ,‘त्यसका लागि संचार माध्यमहरुले योजना छनोटदेखि कार्यान्वयसम्म सहि रुपले भए नभएको अवस्था बारेमा खवारी निरन्त रुपमा गर्नुपर्ने हुन्छ ।’
योजना छनोट गर्दा पहुँच भन्दा स्थानीयको आवश्यकतालाई प्राथमिकता दिनुपर्ने पोख्रेलको भनाइ थियो । उनले नीति राम्रो हुने तर व्यवहारमा लागु नहुँदा योजना छनोटदेखि कार्यान्वयनसम्म कमजोरी देखिने गरेको भन्दै त्यसलाई सुधार गर्न ध्यानदिनुपर्ने बताए ।

‘नीति राम्रो हुने तर नियत ठिक नहुने हो भने काम हुँदैन’,उनले भने ‘नियत ठिक बनाएर काम गर्न ध्यानदिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*