घोराही, २२ असोज
मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागी आईतवार हुने मनोनयन दर्ता कार्यक्रममा सहभागी हुनकालागी गठबन्धनका दलहरुले सम्पूर्णमा अपील गरेका छन् । आईतवार हुने मनोनयन दर्ताकालागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले शनिवार संयुक्त प्रेस विज्ञप्ती निकालेर मनोनयन दर्तामा सहभागी हुनकालागी सम्पूर्णमा अपील गरेको हो ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्का, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा एकीकृत समाजवादीका केन्द्रिय परिषद् सदस्य रामप्रसाद चौधरी र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले संयुक्त विज्ञप्ती निकालेर आईतवार हुने मनोनयन दर्ता कार्यक्रममा सहभागिताकालागी बिहान साढे ११ बजे नेपाली कांग्रेस पार्टि कार्यालयमा उपस्थित हुन अनुरोध गरेका छन् ।
‘मिति २०७९ मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागी २०७९ असोज २३ गते आईतवार मनोनयन दर्ताको मिति तोकिएकाले प्रतिनिधी सभा क्षेत्र नम्बर २, प्रदेश सभा क्षेत्र नम्बर २ (१) र प्रदेश सभा क्षेत्र नम्बर २ (२) को मनोनयन दर्ता घोराहीमा हुने भएकाले गठबन्धन दलको मनोनयन दर्ता कार्यक्रममा सहभागी हुनकालागी केन्द्रिय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, प्रदेश समिति सदस्य, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर तथा गाँउ समिति, वडा तथा टोल समिति, भातृ तथा शुभेच्छुक संघसंस्था, क्षेत्रिय प्रतिनिधी, क्रियाशील सदस्यहरु एवं शुभेच्छुकहरु सम्पूर्णलाई बिहान साढे ११ बजे नेपाली कांग्रेस पार्टि कार्यालय घोराहीमा उपस्थित भई सक्रिय सहभागिताकालागी हार्दिक अपिल गर्दछौँ ।’ संयुक्त विज्ञप्तीमा भनिएको छ ।
साथै विज्ञप्तीमा हिन्दुहरुको महान् पर्व विजयादशमी, शुभ–दिपावली, छठ पर्व– २०७९ र नेपाल सम्बत् ११४३ को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै निरन्तरको बर्षाका कारण देशभर भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विस्थापीतहरुको उचित व्यवस्थापन र पिडीतहरुलाई राहतको व्यवस्था गर्न सरकारलाई अनुरोध पनि गरिएको छ ।

RaptiSandesh RaptiSandesh