दाङको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचानमा पार्टिका उम्मेदवारलाई अन्तरघात गरेर हराएको भन्दै नेपाली कांग्रेस बबईले गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का सहित ६ जना लाई कारबाहीको माग गर्दै जिल्लामा सिफारिस गरेको छ । गत जेठ १५ गते भएको बबई गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पार्टी भित्र अन्तरघात गरेको ठहर गर्दै बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खड्का सहित ६ जनालाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गदै नेपाली कांग्रेस बबईले जिल्ला कार्यसमिति दाङमा सिफारिस पठाएको छ ।
कार्यपालिका सदस्यमा पराजित नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचनमा उपाध्यक्ष अन्य दुई जनाले रुखमा भोट नहाली सुर्य चिन्हमा भोट हालेको र अन्यले सुर्य चिन्हमा भोट हाल्न सहयोग गरेको भन्दै कारबाहीको माग सहित नेपाली कांग्रेस बबईमा निवदेन पेश गरेकाले सोको प्रतिलिपि सहित जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो ।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकामा ३७ जना निर्वाचित मध्ये २० जना नेपाली कांग्रेस र १७ जना नेकपा एमालेले जितेको थियो । जेठ १५ गते भएको बबई गाउँपालिको कार्यपालिका सदस्यको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष खड्का सहित अन्य नेपाली कांग्रेसबाट बिजयी जनप्रतिनीधीहरुले अर्को पार्टिका उमेद्वारलाई भोट हालेका कारण कांग्रेसले हार व्यहोर्नु परेको नेपाली कांग्रेसका उम्मेदवारले आरोप लगाउदै आएका छन् ।
RaptiSandesh RaptiSandesh