दाङ, २२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई अपाङ्गतामैत्री बनाउन अनुरोध गर्दै राप्ती बहिरा संघले निर्वाचन अधिकृतहरूलाई ज्ञापन–पत्र बुझाएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनीका सहसचिव तथा राप्ती बहिरा संघका सल्लाहकार अजयकुमार शर्माको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय र ईलाका प्रशासन कार्यालय तुलसीपुरमा ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा मतदान केन्द्र र समग्र मतदान प्रक्रिया अपाङ्गतामैत्री बनाउनु पर्ने माग समेटिएको छ । साथै संघले जिल्लाका सम्पूर्ण स्थानीय तहमा ज्ञापन–पत्र बुझाउने बताएको छ ।
निर्वाचन अधिकृतहरूले ज्ञापनपत्रका मागहरू सम्बोधन गर्दै निर्वाचनलाई पूर्णरूपमा अपाङ्गतामैत्री बनाउने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राप्ती बहिरा संघका सचिव डम्मर वली, वडा स्तरीय अपाङ्गता सञ्जालकी तेजकुमारी भुसाल, कार्यक्रम संयोजक बसन्ती वलीको सहभागिता रहेको थियो ।
RaptiSandesh RaptiSandesh