घोराही, २४ असोज
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका उपाध्यक्ष खिद्या चौधरीको अध्यक्षता एवं संस्थाको संस्थापक अध्यक्ष बिमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरुले विपन्न वर्गका व्यक्तीहरुका लागि सहयोगी बनेको बताएका थिए ।
उनीहरुले समुदायमा सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तिय साक्षरता, पारदर्शिता, सामुहिक जिम्मेवारी, सदस्यहरुको सहभागिता,सहकारी शिक्षा, ऋण व्यवस्थापन लगायतका विषयमा कार्य गर्दै आएको उनीहरुको भनाई थियो ।
वि.स २०५४ सालमा स्थापना भएको सहकारी संस्थामा ३ हजार ९ सय ३० जना, हालसम्म संस्थाको शेयर पुँजी ३ करोड ७१ लाख १४ हजार रहेको, यस वर्षको अन्त्यसम्म २५ करोड ६९ लाख २ हजार निक्षेप र हालसम्म २२ करोड ६९ लाख ६४ हजार ऋष लगानी रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक घोराही १५ का ईश्वरादेवि उपाध्यक्ष र घोराही १२ का डिल्लीराज बस्नेतलाई सम्मान गरिएको छ । सुत्केरी पोषण कार्यक्रम अन्तरगत घोराही १५ का आरति नेपाली, घोराही १८ का सृजना चौधरी, घोराही १७ का शर्मीला पुन, घोराही १३ का रजनी बोहरा, उत्कृष्ट बचतकर्ताहरु घोराही १३ का तारा बुढाथोकी, घोराही ७ का बिमला चौधरी, उत्कृष्ट व्यवसायी सेयर सदस्यहरु घोराही १७ का डम्मरनाथ योगी र घोराही १७ का शिवराज डाँगीलाई सम्मान गरिएको थियो । यस्तै सदस्यका जेहेन्दार बालबाकिलाहरु निर्मला सुनार, सीता चौधरी, सरिता चौधरी, पुरमला सुनार। नबिना चौधरी, सीता चौधरी, शिवा गुरुङलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव रिमालक्ष्मी जैशीले सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरुका लागि रेटिंग, ऋण लगानी र असुली तालिम, जेष्ठ नागरिक तथ बालबालिकाहरुलाई कान तथा आँखा शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
सुत्केरी पोषण कार्यक्रम अन्तरगत ६ जना, सफल बचतकर्ता सम्मान ६ जना, सफल व्यवसायी सम्मान ३ जना, शेयर सदस्यका जेहेन्दार बालबालिकाहरुलाई छात्रवृति कार्यक्रम ११ जनालाई सम्मान गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष बिमला योगीले सहकारीहरु आफ्नो सिद्धान्त र मुल्य अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो ।
१८ बर्ष अगाडी महिलाहरुले मात्र स्थापना गरेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडले सदस्यहरुको माग बमोजिम सेवा सुविधाहरु नियमबमोजिम परिमार्जन गर्दै आगाडी बढिरहेको बताउनुभयो ।
पछिल्लो समय सहकारीहरुमा केही चुनौतिहरु देखा पर्न थालेकाले सहकारीहरुले भ्रष्ट्राचार रहित सुशासन कायम गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो ।
सदस्यहरुको सुझावलाई आत्मसाथ गर्दै सदस्यहसँगको समन्वय र सहकार्यमा काम अगाडी बढाउन आवश्यक रहेको उहाँको भनाई थियो ।
आगामी दिनमा पनि सहकारीले सदस्यहरुको क्षमता विकास र आत्मनिर्भर एवं आयआर्जनमा जोड्नका लागि भूमीका निर्वाह गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा समितिका सदस्य अनु शर्मा, आर्थिक प्रतिवेदन कोषाध्यक्ष हेमन्ता योगीले प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष ०८२÷०८३ को प्रस्तावित योजना तथा बजेटबारेमा सहकारीका व्यवस्थापक विष्णु गिरीले जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजिकरण लेखा तथा सुपरिबेक्षण समितिका संयोजक सुधा खनालले गर्नुभएको थियो ।