Home / Feature Breaking news / मुग्लिन-नारायणघाट सडक राति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द

मुग्लिन-नारायणघाट सडक राति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द

पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको नारायणघाट-मुग्लिन सडकमा राति ९ बजेदेखि सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले सुक्खा पहिरोको जोखिम कायमै रहेकाले रातको समयमा सडक बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको बताए ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा पर्ने तुइनखोलामा शुक्रबार राति ७ बजे झरेको पहिरो पन्छाइएपछि आइतबार दिउँसो सवा २ बजे सडक एकतर्फी सञ्चालनमा आएको थियो।

४५ घण्टा सडक अवरुद्ध हुँदै हजारौंको संख्यामा यात्रुहरु सडकमै अलपत्र परेका थिए। अहिले सवारी साधनहरु गन्तव्यतर्फ गइरहेका छन्।
उक्त क्षेत्रमा अहिले पनि साना ढुंगाहरू खसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*