Home / Feature Breaking news / दाङमा एक बर्षमा १८८ ठगीका उजुरी

दाङमा एक बर्षमा १८८ ठगीका उजुरी

१२० उजुरीमा मिलापत्र, सवा तीन करोड क्षतिपूर्ति

दाङ, २३ असार । बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने गरी कार्यक्रम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा सञ्चालित आप्रवासी श्रोत केन्द्रमा चालुआर्थिक बर्षको हालसम्मको अवधिमा बैदेशिक रोजगारी सम्बन्धी गठीका मुद्दाहरु १ सय ८८ वटा उजुरीहरु दर्ता भएका छन् । बैदेशिक रोजगारी पठाउँछु भनी झुलाएको, विदेशमा अलपत्र पारेको, एउटा काम भनेर अर्कै काममालगायतका विभिन्न शीर्षकमा १ सय ८८ उजुरीहरु केन्द्रमा दर्ता भएको सुरिक्षत आप्रवासन परियोजनाकी कार्यक्रम संयोजक बसन्ती पुनले जानकारी दिएकी छिन् ।

उनका अनुसार जम्मा १ सय ८८ उजुरीहरुमध्ये ५९ वटा उजुरीहरु घोराही उपमहानगरपालिकाभित्रका रहेका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाका ५१, बबई गाउँपालिकाका ३४, लमही नगरपालिकका ११ र अन्य स्थानीय तहका ३३ वटा उजुरीहरु दर्ता भएको कार्यक्रम संयोजक पुनले बताइन् । उनले दर्ता भएका उजुरीहरुमध्ये यसबर्षको हालसम्म १ सय २० वटा समस्याहरु समाधान गरेको समेत बताइन् । घोराहीका ३७ वटा, तुलसीपुरका २१ वटा, बबईका २४ वटा, लमहीका ८ वटा र अन्य पालिकाकाहरुका ३० वटा समस्यालाई समाधान गरिएको उनले बताइन् ।

‘परियोजनाले जिल्लाका चार स्थानीय तहमा कार्यक्रम गर्दै आए पनि गठीसम्बन्धी मुद्दाहरु जिल्लाभरकै हेर्ने गरेका छौँ’, कार्यक्रम संयोजक पुनले भनिन्– ‘जसले गर्दा पीडितहरुलाई केही राहत हुने मिल्ने गरेको छ ।’ उनले विभिन्न प्रलोभन देखाएर एजेण्टहरुले विदेश पठाउन खोज्दा जान चाहने व्यक्तिले आफू जान चाहेको देश, त्यहाँको अवस्था र आफू जान चाहेको कम्पनीको बारेमा नबुझ्दा ठगीका धेरै घटनाहरु आउने गरेको बताइन् । परियोजनाले सुरक्षित बैदेशिक रोजगारीका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आए पनि ठगिने क्रम नरोकिएको उनले बताइन् ।

पीडित पक्षलाई सवा ३ करोड फिर्ता

यसैबीच आप्रवासी श्रोत केन्द्रमा परेका उजुरीका आधारमा केन्द्रले एक बर्षको अवधिमा पीडित पक्षलाई करिब सवा तीन करोड क्षतिपूर्ति गराएको छ । केन्द्रले एक बर्षको अवधिमा बोर्ड, बीमा, स्थानीय एजेण्टहरुसँग करिब ३ करोड ३७ लाख ७५ हजार रुपैयाँ पीडितलाई फिर्ता गराएको कार्यक्रम संयोजक पुनले जानकारी गराएकी हुन् ।

उनका अनुसार उक्त रकममध्ये १ करोड ७२ लाख घोराहीका पीडितलाई, १ करोड २२ लाख तुलसीपुरका पीडितलाई, २२ लाख ७५ हजार बबई गाउँपालिका पीडित र अन्य पालिकाका पीडितहरुलाई २१ लाख रुपैयाँ फिर्ता गराइएको बताइन् । ‘चालु आर्थिक बर्षको हालसम्म परेका उजुरी र विगत बर्षका केही बाँकी उजुरीहरुमा दुवै पक्षलाई राखेर मिलाउँदा करिब सवा तीन करोड रुपैयाँ पीडित पक्षलाई फिर्ता गराएका छौँ’, उनले भनिन्– ‘यो कार्यले पीडितहरुलाई राहत मिलेको छ ।’ केन्द्रमा अझै ६८ वटा बैदेशिक रोजगारीसम्बन्धी गठीका उजुरीहरु रहेका छन् ।

यसैबीच सुरक्षित आप्रवासन परियोजना (सामी)ले सुरक्षित आप्रवासन सम्वन्धमा सञ्चारकर्मीसँग अन्तत्र्रिmया कार्यक्रम गरेको छ । परियोजना सञ्चालन गर्ने अपांग मानवअधिकार एवं सरोकार मञ्च दाङले मंगलवार सञ्चारकमीसँग अन्तत्र्रिmया गरेको हो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमलगायतले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि हरेक नागरिकले आफू जान चाहेको देशको बारेमा बुझेर मात्र जानुपर्ने बताएका थिए । साथै बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सञ्चार माध्यमहरुले सहयोग गर्न तयार रहेको बताएका थिए ।

परियोजनाले बैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले काम गर्दै आएको छ । यसले विदेश जान चाहनेहरुलाई बैदेशिक रोजगारीसम्बन्धी जानकारीसँगै सीपको समेत सिकाउने काम गर्दै आएको छ । अपांग मानवअधिकार एवं सरोकार मञ्च दाङ सल्लाहकार हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा सामी परियोजनाका प्रदेश संयोजक पञ्चराम चौधरीले बैदेशिक रोजगारीको अहिलेको अवस्था र नीतिगत व्यवस्था र कार्यक्रम संयोजक बसन्ती पुनले सामी परियोजनाले जिल्लामा गरेका गतिविधिहरुको बारेमा जानकारी गराएकी थिइन् । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक बसन्ती पुनले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*