Home / Feature Breaking news / माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठन मुख्य विषय

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठन मुख्य विषय

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठक समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ । संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहललगायत विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यद्यपि, पहिलो चरणको नेतृत्वमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि दावेदारी छ । कसले पहिले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । सरकारमा कुन–कुन दल जाने भन्ने विषयमा पनि दलहरू टुंगोमा पुग्न सकेका छैनन् । दलका नेताहरू छलफलमा जुटे पनि हालसम्म सहमति भने भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*