Home / Feature Breaking news / मनोसामाजिक समस्या र व्यवस्थापनका उपाय

मनोसामाजिक समस्या र व्यवस्थापनका उपाय

मनोसामाजिक, दुई शब्दहरु, मन र समाज मिलेर बनेको छ। व्यक्ति एउटा समाजमा हुर्केको वा बसेको हुन्छ। व्यक्तिको मन (विचार, इच्छा, भावना, धारणा, संवेग, बुझाई आदि) र समाज ९ साथीभाई, छर९छिमेक, घटनाक्रम, वातावरण, मूल्यमान्यता, चालचलन, रितिरिवाज, धर्म–संस्कृति आदि को अन्तरक्रियालाई नै मनोसामाजिक सम्बन्ध भनिन्छ। अत कुनै पनि व्यक्तिको मनोवैज्ञानिक पक्ष र सामाजिक पक्षको निरन्तर सम्बन्ध नै मनोसामाजिक हो।

मनोसामाजिक समस्या के हो

व्यक्ति र समाज बिच निरन्तर अन्तरक्रिया भइरहन्छ। यदि यो अन्तरक्रियाको परिणाम सकारात्मक रह्यो भने त्यसले एउटा व्यक्तिको व्यक्तित्व विकासमा टेवा पुर्याउँछ तर परिणाम नकारात्मक रह्यो भने विभिन्न समस्याको अवस्था श्रृजना पनि गर्न सक्छ । आफ्नो कुरा बुझिदिने व्यक्तिको कमी, समस्यालाई नकारात्मक सामना गर्ने प्रवृत्ति र पूर्व अवस्था ग्रहण गर्न सक्ने क्षमताको कमि आदिका कारणले मनोसामाजिक समस्याको रुपमा लिन सक्छ।

अत व्यक्तिमा उत्पन्न हुने तनाव वा भावनात्मक अफ्ठेरो नै मनोसामाजिक समस्या हो । जसको असन्तुलनताले विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्यालाई निम्त्याउँछ र व्यक्तिको जीवन, पेशा, परिवार तथा समाजमा विभिन्न रुपले असर अप्रत्यक्ष वा प्रत्यक्ष पार्छ । यो समस्या जहाँसुकै र जो कोहीलाई पनि हुन सक्छ । कुनै लिङ्ग, उमेर, जातजाति यसले चिन्दैन। निद्रामा झस्कने वा तर्सने, आक्रामक व्यवहार देखाउने, मनमा डर लागिरहने, अरूसँग घुलमिल हुन मन नलाग्ने, लागूपदार्थ दुव्र्यशन, बढी झर्कने आदि केही मनोसामाजिक समस्याहरु हुन्।

उदाहरणको लागि जस्तै एउटा केटा र केटी प्रेम सम्वँधमा पर्दछन् । केटीले केटालाई असाध्यै भित्रैै मनदेखि मन पराउछ । उसले आफुलाई समय दिओस मनको कुरा बुझिदिओस । समय समयमा फोन गरेर माया प्रेमका कुरा गरोस भन्ने चाहन्छे । केटाले माया गर्छ तर व्यवस्थित रुपमा व्यक्त गर्न सक्दैन । केटाले सोच्छ मैले उसलाई असाध्यै माया गर्छु तर केटीको मनमा मनै धेरै माया गर्छु तर मलाई उसले म जत्तिकै माया गर्दिन । बेकारमा म मायामा परे । पहिलेनै उसले मलाई प्रेमको प्रस्ताव नराखेको भए त म आज उसलाई यति धेरै माया गर्न पुग्दैनथे । मलाई किन यति धेरै उसको याद र मायाले सताउने गर्दछ भन्दै दिन रात मायामा तडपिन्छे । भेटन मन लागेको वेलामा भेटन नपाउदा, बोल्न मन लागेको बेला बोल्न नपाउदाको पिडाले उसलाई रातमा निन्द्रा नलाग्ने, भोक नलाग्ने, मन आत्तिने, अत्यधिक रिस मात्र उठने, घरबाट बाहिर निस्कन मन नलाग्ने, घरबाहेक अपरिचित व्यक्तिहरू देख्दा आत्तिने तर्सिने टोलाएर बस्ने समस्याहरु भएको छ ।

अर्को उदाहरण एउटा बालकले आफ्नो परिवारको सदस्यलाई कोरोनाका कारण गुमाएको छ र त्यसपछि ऊ घरबाट बाहिर निस्कन डराउँछ घरबाहेक अपरिचित व्यक्तिहरू देख्दा आत्तिन्छ, तर्सिन्छ । यहि कारण उसको व्यवहारमा परिवर्तन आएको छ, अनलाइन कक्षामा पनि ध्यान दिन सकेको छैन र धेरै समय टोलाएर बस्ने गरेको छ यी सवै समय सान्दर्भिक मनोसामाजिक समस्या हो। यस्ता समस्याको लेखाजोखा गर्नु जरुरी हुन जान्छ। कतिपय अवस्थामा, समस्याको गम्भिरता बढेर मानसिक रोगको रुप लिन सक्छ ।

मनोसामाजिक समस्याका लक्षणहरु

शारीरिक लक्षण शरीरमा विभन्न किसिमका परिवर्तन देखिन्छन्।जस्तै– थकान, रिङ्गटा लाग्ने, जीउ दुख्ने र पीडा हुने, छिटोछिटो सास फेर्नु, शरीरमा शक्ति नभएको जस्तो हुने, भोक नलाग्ने, झाडापखाला लाग्ने, जोर्नी दुख्ने , पेट वा टाउको दुख्ने , दुब्लाउने, निन्द्रामा गडबढी हुने, मुटु काम्ने।

भावनात्मक लक्षण कतिपय अवस्थामा व्यक्ति दुःखी हुँदा, आफ्नो मनमा असहजता रहँदा, भावनात्मक रुपमा लक्षणहरु देखिन्छन्। जस्तै– मनमा छटपटी हुने, आत्तिने, मुड परिवर्तन भईरहने, उत्प्रेरणाको कमी हुने, आत्मविश्वासको कमी हुने, रुन मन लाग्नु, धैरै जसो निराशावादी हुने, एकदमै डरलाग्नु, मन चिसो हुने आदि।

व्यवहारगत लक्षण चिच्याउने, कराउने, आक्रमक देखिने, झर्कने, तर्सने, यौन इच्छामा कमी हुने, एक्लै बस्न रुचाउने, शंकालु हुने, आफै सँग कुरा गर्ने, सरसफाइमा ध्यान नदिने ,खानपिनमा गडबडी हुने, छटपटी हुने, धेरै डराउने आदि।

सोचाइगत लक्षण सोचाइ बदलिरहने, निराशावादी सोच आउने, भविष्यप्रति बढी चिन्तित हुने, निर्णय लिन नसक्ने, ध्यान केन्द्रित गर्न नसक्ने, सोचाइ बदलिरहने, अत्यधिक बिर्सने, आत्महत्या र मृत्युसम्बन्धी सोचाइ आउने आदि।

सामाजिक सम्बन्धमा देखिने लक्षण मानिसहरूसँग सम्बन्ध बिग्रिने, समाज क्रियाकलापमा मन नलागने, अरुसँगको सम्बन्धमा खटपट आउने र सम्बन्ध विच्छेदसम्म हुने, अनावश्यक बादविवादमा संलग्न हुने, आफ्नो मिल्ने साथीभाईहरुसँग बाट पनि एक्लिने वा टाढिने र अरूप्रति विश्वासमा कमि, आक्रमक हुने आदि।

एक‍÷दुई पटक वा कहिलेकाहीँ विशेष परिस्थितिहरूमा यस्तो समस्या देखिँदैमा, त्यसलाई समस्याको रुपमा लिनुपर्दैन।यदि माथि उल्ल्लेखित विभिन्न पक्षकका लक्षणहरु लगातार २ हप्ता भन्दा बढी समय सम्म देखिएमा र समस्यामा जटिलता बढेर, दैनिक गरिने क्रियाकलापमा असर देखिएमा, मनोसामाजिक समस्याबाट मानसिक रोगसम्ममा पनि परिणत हुनसक्छ। त्यसैले सचेत हुनु आवश्यक छ। सामान्य उदासपन दिक्दारोपन मा जान पनि सक्छ।
तसर्थ मनोसामाजिक समस्या भएको बखत व्यक्ति आफैंले विभिन् उपायहरु अपनाउन सकिन्छ अथवा विशेषज्ञको मद्दत लिनुपर्ने पनि हुन सक्छ।

मनोसामाजिक समस्याको सामनाका उपायहरु

सर्वप्रथम, आफूलाई के भइरहेको छ भनेर ध्यान दिने, आफ्नो शरीर र मनको मूल्यांकन आफैँले गर्ने, के होला भनेर जान्न खोज्ने । आफ्नो समस्या वा कठिनाई, मनका कुरा, आफ्नो मन मिल्ने व्यक्ति वा विश्वास लाग्ने मान्छे नजिकको साथी, परिवारका सदस्यहरु, नातेदारसँग कुराकानी गर्ने।
आफुलाई दैनिक रुपमा व्यस्त राख्ने, रुचि अनुसारको मनोरञ्जनात्मक क्रियाकलापहरु गर्ने (फिल्म हेर्ने, विभिन्न खेल खेल्ने, मिठो परिकारहरु बनाउने, मनलाई शान्त पार्न विभिन्न किसिमका योग अभ्यास, ध्यान गर्ने, आफ्नो जस्तै समस्या भएका, अरुले अपनाएका विधिहरु आफुमा लागू गर्न खोज्ने, सकभर एक्लै नबस्ने र समूहमा घुलमिल हुने, आफ्ना सकारात्मक वा सबल पक्षका सीप, कला, ज्ञानसंँग सम्बन्धित क्रियाकलापहरु गर्ने, आफूले कोसिस गर्दागर्दै पनि नियन्त्रण वा समाधानतिर जान सकिएन भने मनोविमर्शकर्तालाई भेटेर आफ्नो समस्याको बारेमा सहयोग लिएर पहिलाकै अवस्थामा पुग्न वा समस्या समाधान को लागि मद्दत लिने। परिवारका सदस्य वा साथीहरुको, सामाजिक कार्यकर्ता, मनोविमर्शकर्ताको सहयोग पनि अपुग भयो भने, गम्भीरता हेरेर मनोचिकित्सक, मनोबैज्ञानिक, सहयोग लिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*