Home / Feature Breaking news / लुम्विनीमा गठबन्धनका उम्मेदवार बिजयी

लुम्विनीमा गठबन्धनका उम्मेदवार बिजयी

दाङ,१२ माघ। राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन तर्फका उम्मेदरहरु विजयी भएका छन् ।तीन रिक्त पदमा भएको निर्वाचनमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला युवराज शर्मा, नेकपा एकिकृत समाजबादी(एस)बाट महिला तर्फ राजेन्द्रलक्ष्मी गैरे र दलित तर्फ जनमोर्चा पार्टीबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्मा विजयी भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट खुला तर्फका कांग्रेसका उम्मेदवार युवराज शर्माले ४३४४ मतभार प्राप्त गरि बिजयी भएका छन् । उनले प्रतिद्वन्द्वी एमालेका रामदयाल गुप्तालाई हराएर बिजयी भएका हुन । गुप्ताले ३३७८ मतभार प्राप्त गरेका छन् । त्यस्तै महिला तर्फ सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादकी राज्यलक्ष्मी गैरेले ४३७४ मत प्राप्त गरि बिजयी भएकि छन् ।

प्रतिद्वन्द्वी एमालेकी भारती खनाललाई हराएर बिजयी भइन । खनालले ३३१२ मतभार प्राप्त गरेकी छन् । त्यस्तै दलित तर्फ गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका तुलसप्रसाद विश्वकर्माले ४३५६ मतभार प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर सुनारले ३३४८ मत प्राप्त गरेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्य एक बराबर ४८ र स्थानीय तह तर्फ एक सदस्य बराबर १८ मतभार हुने गरेको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनमा कुल २९६ मतदाता मध्ये २९४ मत खसेको थियो । स्थानीय तहको २१३ मत र प्रदेशसभा ८१ खसेको थियो । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजे सुरु भएर ३ बजे सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*