Home / Feature Breaking news / अमिलियाबाट ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई पक्राउ

अमिलियाबाट ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई पक्राउ

दाङ,१ साउन । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाँके ज्लिला डुडुवा गाउँपालिका–१ निवासी ३० बर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ बर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव प्रहरी उपरिक्षक सुरेश काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार प्रहरीले उनीहरुलाई विहिवार साँझ अमिलियाबाट पक्राउ गरेको थियो ।

प्रहरी प्रमुख काफ्लेका अनुसार पक्राउ परेका दुबै जना अपराधिक पृष्ठभुमीका रहेको बताए । ‘पक्राउ परेका दुवै जना पराधिक पृष्ठभुमीमा संलग्न रहेको देखिन्छ’–प्रहरी उपरिक्षक काफ्लेले भने–‘लागुऔषधसहित पक्राउ परेपछि उनीहरुमाथि थप अनुसन्धान भैरहेको छ ।’ प्रहरीका अनुसार उनीहरुले अनुसन्धानका क्रममा भारतबाट ल्याएर दाङमा विक्रि गर्ने गरेको बताएको प्रहरीले जनाएको छ । राजा योगीलाई २०७१ साल कार्तिक २३ गते महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषध खैरो हेरोइन २० ग्राम ६२० मिलिग्रामसहित पक्राउ गरेको थियो । उक्त मुद्धामा योगीले ६ बर्ष कैद सजाय भुक्तान गरी कारागारबाट मृक्त भएका थिए ।

त्यसैगरी राजु भन्ने नोर महमद दर्जी पनि डाँका चोरी कसुर मुद्धामा दुई बर्ष कैद भुक्तान गरी कारागार मुक्त भएका व्यक्ति भएको प्रहरीले बताएको छ । निजलाई जिल्ला प्रहरी कार्यालय बाँकेले २०७० मंसिर १६गते डाँका चोरी कसुरमा मुद्धा दर्ता गरेको थियो । लागुऔषधमा खैरो हेरोइनसहित पक्राउ परेको यो जिल्लाकै अहिलेसम्मको ठूलो घट्ना भएको समेत प्रहरीको दावी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*