Home / समाचार / गुरुकुलद्वारा पत्रकार महासंघलाई २५ हजार सहयोग

गुरुकुलद्वारा पत्रकार महासंघलाई २५ हजार सहयोग

घोराही, २ जेठ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाले सञ्चालन गरेको आइसोलेसन व्यवस्थापन र सञ्चालनकालागी गुरुकुल एकेडेमी घोराहीले आर्थिक सहयोग गरेको छ । आईसोलेशन व्यवस्थापन एवं पत्रकार सहायता कोषका लागि घोराहीमा रहेको गुरुकुल एकेडेमी प्सल २ ले आईतवार आर्थिक सहयोग प्रदान गरेको हो ।

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको समयमा पत्रकार महासंघले तयार गरेको आईसोलेशन व्यवस्थापनकालागी सहयोग होस् भन्ने उद्धेश्यकासाथ गुरुकुल एकेडेमी घोराहीले पत्रकार महासंघ दाङ शाखालाई २५ हजार रुपैयाँ सहयोग गरेको गुरुकुल एकेडेमीका शिक्षक विवेक देवकोटाले जानकारी दिनुभयो । गुरुकुल एकेडेमी दाङका सञ्चालक समिति अध्यक्ष ई.अनन्तराज घिमिरेले पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सीलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*