Home / Feature Breaking news / जीर्ण भवनमा पढ्दै विद्यार्थी

जीर्ण भवनमा पढ्दै विद्यार्थी

दाङ, १८ फागुन । प्रदेश सरकारले लुम्बिनी प्रदेशका विद्यालयहरुलाई स्मार्ट विद्यालयका रुपमा विकास गर्ने बताइरहेका बेला घोराही उपमहानगरपालिकाभित्र रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढ्नका लागि कक्षाकोठा समेत पाउन सकेका छैनन् । जसले गर्दा एउटा कक्षा कोठालाई दुईवटा बनाएर पढ्नुपर्ने बाध्यता छ ।

घोराही उपमहानगरपालिका–१० लमडरुवामा रहेको जनजागृति माध्यमिक विद्यालयमा कक्षा कोठासँगै विद्यार्थीहरुले खानेपानी, शौचालयलगायतको समस्या समेत भोग्दै आएका छन् । १ कक्षादेखि दश कक्षासम्म नेपाली र नर्सरीदेखि ३ कक्षासम्म अङ्ग्रेजी माध्यमबाट पढाई हँुदै आएको विद्यालयमा विद्यार्थीहरुसँगै शिक्षकहरुले समेत समस्या भोग्दै आएको जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर डिसीले बताए ।

विद्यालयको भौतिक अवस्थाबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदासमेत विद्यालयको भौतिक पूर्वाधार विकासमा चासो नदेखाएको उनले बताए । २०४५ सालमा स्थापना भएको विद्यालयमा अधिकांश भवनहरु जीर्ण अवस्थामा छन् । तर ती जीर्ण भवनको मर्मत सुधारमा ध्यान नदिँदा विद्यालयले थप समस्या झेल्दै आएको प्रअ डिसीले बताए ।

‘करिब २० बर्ष पहिले निर्माण भएका पुराना भवनहरु जीर्ण अवस्थामा छन्, तिनको मर्मत सुधार हुन सकेको छैन’, प्रधानाध्यापक डिसीले भने– ‘जसले गर्दा विद्यार्थीहरुले त्यही जीर्ण भवनभित्र बसेर पढ्नुपर्ने बाध्यता छ ।’ चुहिने छाना र भm्यालका पल्लासमेत नभएका कक्षा कोठामा विद्यार्थीहरु बस्नुपर्ने बाध्यता रहेको बताए । ‘चुहिने छानाका कारण पानी पर्दा पढ्न सक्ने अवस्था हुँदैन् भने भm्यालका पल्ला आजभोलि पढाउँदा हावाले धुलोभरी कोठामा पु¥याउने गरेको छ’, उनले भने– ‘जसले गर्दा विद्यार्थीहरु पढ्न र शिक्षकलाई पढाउनै समस्या हुने गरेका छ ।’

प्रधानाध्यापक डिसीले विद्यालयमा केही राम्रा कक्षाकोठा भए पनि ती पर्याप्त छैनन् । विद्यालयका प्रअ डिसीका अनुसार विद्यालयमा कक्षा कोठासँगै विद्यार्थीहरुले खानेपानी र शौचालयको समेत समस्या भोग्नुपर्ने बाध्यता छ । ‘विद्यालयमा एउटा कुवा र शौचालय छ, तर पुरानो कुवा भएका कारण गर्मी समयमा पानी सुक्ने गर्छ । जसले गर्दा शौचालयमा प्रयोग गर्ने पानीसमेत हुँदैन ।’ विद्यालयका शिक्षक बुद्धिराम शर्माका अनुसार शौचालय जति सफा गरे पनि चाँडै नै फोहर हुने गरेको छ । उनले विद्यालयको आफ्नै आम्दानीको स्रोत नहुनु र बाहिरबाट कसैले सहयोग नगर्दा विद्यालय थप समस्यामा पर्ने गरेको बताए ।

‘विद्यालयको भौतिक अवस्था सुधार गर्नका लागि विद्यालयको आफ्नै स्रोत छैन, अभिभावकसँग पैसा उठाउन पाइँदैन’, शिक्षक शर्माले भने– ‘जसले गर्दा विद्यार्थीहरुलाई पुरानै भवनमा पढाउनुपर्ने बाध्यता छ ।’ विद्यालयमा अंग्रेजी माध्यममा पढ्ने एक सय बढी विद्यार्थीहरु रहेका छन भने करिब साढे चार सय नेपाली माध्यमबाट पढ्ने विद्यार्थीहरु छन् ।

त्यसका लागि विद्यालयमा पर्याप्त शिक्षक दरबन्दी नहँुदा विद्यालयले निजी स्रोतबाट ६ जना शिक्षक, २ जना सका, दुई जना अनुदानका शिक्षकलगायतले पठनपाठन गराउँदै आएका छन् । प्राविमा एकजना दरबन्दी खाली, ६ जना आवश्यक हो तर अहिले पाँचजना शिक्षकहरुमात्र रहेका छन् । निमाविमा पाँच जना आवश्यक हो तर हाल दुईजना मात्र शिक्षक छन् ।

चारकोठे नया भवन बन्दै

यसैबीच विद्यालयमा चार कोठे नयाँ भवन बन्न लागेको छ । विद्यालयको भौतिक अवस्था जीर्ण भएपछि यसै आर्थिक बर्ष विद्यालयमा चारकोठे बनाउन लागेको हो । जसका लागि घोराही उपमहानगरपालिकाको ३६ लाख बजेटअन्तर्गत भवन निर्माणको काम शुरु भएको विद्यालयले जनाएको छ । विद्यालयको जग खन्ने काम भएको विद्यालयका प्रधानाध्यापक डिसीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*