Home / समाचार / सामुदायिक सहकारीको २२ औँ साधारणसभा

सामुदायिक सहकारीको २२ औँ साधारणसभा

घोराही, ३ पुष

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडको २२ औँ साधारण सभा विहीवार घोराहीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शारदा शर्माको अध्यक्षता एवं संस्थापक अध्यक्ष विमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका प्रगति प्रतिवेदन सचिव मेनुका गिरीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधा आचार्यले प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले एक वर्षको अवधिमा २१ करोड २६ लाख ४४ हजार ५ सय ६५ रुपैयाको कारोबार गरेको संस्थाका कोषाध्यक्ष राधा आचार्यले जानकारी दिनुभयो । संस्थाले विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षामा सहयोग, जेष्ठ नागरिकहरुको सम्मान, संस्थाका शेयर सदस्यहरुको क्षमता अभिवृद्धिकालागी सहकारी शिक्षा शिवीर, सीप विकास तालिमहरु सञ्चालन गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष विमला योगीले जिल्लामै पहिलो महिला सहकारीको रुपमा स्थापना भएको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको आर्थिक र सामाजिक शसक्तीकरणकालागी लामो समयदेखी महत्वपूर्ण भूमीका निर्वाह गरेको बताउनुभयो । उहाँले महिलाहरु व्यवसायीमुखी हुनकालागी यस सहकारीले उत्प्रेरित गरेको पनि उहाँले बताउनुभयो । समाजमा रहेका विपन्न महिलाहरु सहकारीमा आवद्ध भएर अत्मनिर्भर बनेको योगीको भनाई थियो । सरहकारीहरुले महिलाहरुलाई आत्मनिर्भर बनाउदै शिक्षा र स्वास्थ्यमा सचेत बनाएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा पतञ्जली योग समितिका महिला सदस्य यमा गौतमले योग शिक्षाबारे जानकारी गराउनुभएको थियो । उहाँले वर्तमान समयमा महामारीको रुपमा रहेको कोरोना भाईरसका कारण मानिसमा हुने मानसिक एवं शारिरिक समस्याको समाधानकालागी योग अभ्यासले सकारात्मक भूमीका निर्वाह गर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष यमला गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव मेनुका गिरीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*