Home / Feature Breaking news / कोरोनाभाइरसको संक्रमणबाट बच्न दिनहुँ सफा गर्नुपर्ने ३ चीज

कोरोनाभाइरसको संक्रमणबाट बच्न दिनहुँ सफा गर्नुपर्ने ३ चीज

काठमाडौं,१७ कार्तिक । अहिले विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट गुज्रिरहेको छ । कोरोनाको संक्रमणबाट बच्न निकै मुश्किल समेत भइसकेको छ ।

व्यक्तिगत रुपमा नै सुरक्षित नहुने हो भने यो भाइरसले जो कोहिलाई पनि सजिल्यै संक्रमित बनाउने गर्छ । यस भाइरसले घर वरिपरी सरसफाई गर्न, घरका हरेक कुनालाई किटाणुरहित बनाउन जस्ता कुराहरु गम्भीरतापूर्वक लिनुपर्छ भन्ने कुरा समेत सिकाएको छ ।

चिसो मौसम सुरु हुँदै गर्दा भाइरस झनै फैलिने चिकित्सकहरुले बताएका छन् । हरेक ठाउँमा कोरोना फैलिइसकेको अवस्थामा आफै सचेत भएर आफ्नो सुरक्षा आफै गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् ।

यसैबीच, आफू र आफ्नो परिवार सुरक्षित राख्नुपर्ने विभिन्न उपायहरुकाबीच केही चीजहरु भने दिनहुँ सफा गर्नुपर्ने हुन्छ ।

स्मार्टफोन
स्मार्टफोन विभिन्न प्रकारका रोग पैदा गर्ने किटाणु र जिवाणुको घर हो । जुनसुकै ठाउँमा पनि हरेक व्यक्ति आफ्नो सेलफोन बोकेर जाने गर्छन् । जसका कारण सेल फोनमा विभिन्न किटाणु र जिबाणु टाँसिने गर्छन् । एक अध्ययनका अनुसार स्मार्टफोन एउटा शौचालयको सीटभन्दा १० गुणा बढी ब्याक्टेरियाले भरिएको हुन्छ । त्यसैले कोरोना र अन्य संक्रमणबाट बच्न यसको दैनिक सफाई आवश्यक छ ।

मास्क
महामारीबाट बच्नका लागि अत्यावश्यक बस्तुको रुपमा मास्कलाई लिइएको छ । यसले स्वास नलीमा ब्याक्टेरिया र भाइरसलाई छिर्न रोक्छ । तर, मास्कको प्रयोग गरिसकेपछि फेरि दोस्रोपटक सफाई नगरी लगाउनुहुन्छ भने सबै किटाणु र फोहोर स्वासप्रश्वास प्रणालीमा छिर्छ र झनै संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले चिसोको समयमा झनै बढी सर्तक भइ सफा मास्क मात्र प्रयोग गर्नुपर्छ ।

ढोकाको ह्याण्डल
तेस्रो सबैभन्दा महत्त्वपूर्ण चीज हो ढोकाको ह्याण्डल । यो नियमित रुपमा सफा गर्नुपर्ने चीज भित्र पर्छ । विशेषगरी, धेरै प्रयोग हुने ढोका खोल्दा र लगाउँदा हातमा भएका किटाणु त्यसमा टाँसिने र अर्कोपटक खोल्दा र लगाउँदा पुनः हातमा सर्ने हुँदा संक्रमण झनै धेरै फैलिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*