Home / Feature Breaking news / विपी मञ्चद्वारा क्षेत्रीय सदस्य जिएममाथी आक्रमण गर्नेलाई कारबाहीकाे माग

विपी मञ्चद्वारा क्षेत्रीय सदस्य जिएममाथी आक्रमण गर्नेलाई कारबाहीकाे माग

दाङ, ९ कार्तिक
बिपि युवा नेतृत्व बिकास मञ्च दाङले क्षेत्रिय सदस्य बामदेब जिएम माथि भएको आक्रमण गर्नेहरूमाथी कारबाहीकाे माग गरेकाे छ । मञ्चले आईतवार एक विज्ञप्ती जारी गरेर यस्ताे माग गरेकाे हाे । शनिवार बेलुकी क्षेत्रिय सदस्य जिएम माथि अपरिचित ५/७ जनाकाे समुहले आक्रमण गरेकाेमा घटनाकाे विराेध गर्दै मञ्चले दाेषीमाथी कारबाहीमाग गरेकाे छ । मञ्चका जिल्ला अध्यक्ष सराेज शाह र सचिव अमर क्षितिज भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्ती मा भनिएकाे छ- “क्षेत्रीय सदस्य जिएम माथि आक्रमण गर्नेकाे तत्काल खाेजिलगरि दाेषिमाथि कारवाहिकाे माग गर्दैछौ । साथै नागरिकको सुरक्षामा ध्यान दिन र आगामि दिनमा यसखाले गल्ती नदाेहाेराउन पनि चेतावनी दिन चाहान्छाैँ ।” घाईते जिएमकाे शीघ्र स्वास्थ्यलाभकाे कामना पनि विज्ञप्तीमा गरिएकाे छ ।

यसैसरी बि पि कोइराला युवा नेतृत्व बिकास मञ्च दाङ क्षेत्र न २ ले पनि क्षेत्रिय सदस्य बामदेब जि एम माथी भएकाे आक्रमणको निन्दा गरेकाे छ । मञ्चका क्षेत्रीय संयाेजक लेखनाथ बुढाथाेकीले एक विज्ञप्ती मार्फत घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्नुभएकाे छ ।
“यस्तो अराजक गतिविधि लाई निर्मुल गर्न प्रसाशन संग जोडदार माग गर्दछौं । घाइते बामदेब जि एम को शिघ्र स्वास्थ लाभ को कामना गर्दछाै ।” विज्ञप्तीमा भनिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*