Home / Feature Breaking news / थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४

काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ३ जना गरी ३६ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । संक्रमितको संख्या ५८४ पुगेको छ ।

कोरोना संक्रमण देखिएका मध्ये निको हुनेको संख्या ७० पुगेको छ । कोरोना संक्रमण देखिने जिल्ला ४० पुगेको छ । मन्त्रालयका अनुसार आइसोलेसनमा ५०७ जना छन् । सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*