Home / समाचार / छैठौँ दिन दाङमा १३७ सवारी साधन प्रहरीद्वारा नियन्त्रण

छैठौँ दिन दाङमा १३७ सवारी साधन प्रहरीद्वारा नियन्त्रण

घोराही, १६ चैत

कोरोना भाईरस (कोभिड­१९) को संक्रमण रोक्नकालागी सरकारले चैत ११ गतेदेखी देशभर लकडाउनको घोषणा गरेको छ ।

सरकारले अब लकडाउनको अवज्ञा गर्नेहरुलाई कारबाही गर्ने बताईरहेको छ । सोही अनुसार जिल्ला प्रशासन कार्यालयहरुले पनि सुचना निकालेर नै लकडाउनको समयमा घरभित्रै बस्न अनुरोध गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले पनि लकडाउनको समयमा घरभित्रै बसेर सहयोग गर्न सम्पूर्ण जिल्लाबासीहरुलाई अनुरोध गरेको थियो ।

लकडाउनको नियमलाई पूर्ण रुपमा कार्यान्वयन गराउनकालागि प्रशासन लागिपरेको छ । लकडाउनको अवज्ञा गर्ने सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । यसै क्रममा छैठौ दिन आज दाङमा प्रहरीले १ सय ३७ सवारी साधन नियन्त्रणमा लिएको छ ।

जसअनुसार २ वटा ट्याक्टर, ५ वटा ट्रक, २ वटा जीप कार, २ वटा अटोरिक्सा, ७ वटा स्कुटर र १ सय १९ वटा मोटरसाईकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी प्रहरी नावय उपरिक्षक सुमीत खड्काले जानकारी दिनुभयो ।

साथै उहाँले लकडाउनको पालना गर्न सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*