Home / Feature Breaking news / वडा अध्यक्षले कुटपिट गरेको भन्दै कार्यालय सहयोगीद्धारा प्रहरीमा निवेदन

वडा अध्यक्षले कुटपिट गरेको भन्दै कार्यालय सहयोगीद्धारा प्रहरीमा निवेदन

दाङ, २३ फागुन । दाङको घोराही उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष भिमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन ।

वडा अध्यक्ष सार्कीले आफूलाई कार्यालयमा घोक्राई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी चौधरीले आज शुक्रवार जिल्ला प्रहरी कार्याल र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन ।

बिगत २५ बर्षदेखि कार्यरत स्थायी कार्यालय सहयोगी चौधरीलाई वडा अध्यक्ष सार्कीले घोक्राई कुटपिट गरेको भन्दै निवेदनमा वडा अध्यक्षलाई पक्राउ गरी तत्काल कारवाही गर्न माग गरिएको छ ।

स्थायी कर्मचारी भएका कारण जिल्ला प्रशासन कार्यालय दाङमा आज दर्ता नं ४०४९ मा दर्ता गरिएको उक्त निवेदनमा वडा अध्यक्ष सार्कीले आफूलाई तथानाम गाली गलौज गरी आफूलाई बिनाकारण बारम्वार तर्साउने काम गरिएको उल्लेख गरिएको छ ।

कार्यालय सहयोगी चौधरीले यसअघी पनि वडा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गर्दै आइरुहेकोमा आज बिना कारण कार्यालय भित्रै कुटपिट गरेको बताएका छन । वडा अध्यक्षको गलत व्यवहारप्रति स्थानीयले वडा कार्यालयमा ताला समेत लगाएको थिए । स्थानीयले लगाएको ताला प्रहरीले फोडेको थियो ।

यसैबिच वडा अध्यक्ष सार्कीले स्वास्थ्यका बिषयमा छलफल गर्न टोल बिकास संस्थाका अध्यक्षहरुलाई खवर गर्न आफूले दिएको निर्देशनको कार्यान्वयन नभएपछि आवेगमा घटना भएको र त्यसबारेमा आफू अहिले प्रहरी कार्यालयमा छलफल गरी फर्किएको बताएका छन । । ‘मैले केही गरेको छैन, कसैले मच्चाएर ऊ अघी जिल्ला प्रशासनकार्यालय पुगेको हो’, वडाध्यक्ष सार्कीले भने,‘त्यस्तो केहि भएको होइन, म भर्खरै जिप्रका पुगेर आएको छु ।’ घटनबारे छलफल गर्नका लागि जिल्ला प्रहरी कार्यालय दाङले सोमवार दुवै पक्षलाई बोलाएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*