Home / खेलकुद / घोराहीमा लखन कप फुटबल प्रतियोगीता हुने

घोराहीमा लखन कप फुटबल प्रतियोगीता हुने

घोराही, १९ पुस । दाङको घोराहीमा प्रथम सहिद लखन थापाको सम्झना रनिङ शिल्ड फुटबल प्रतियोगीता हुने भएको छ । नेपाल मगर संघ दाङको अयोजनामा रनिङ शिल्ड फुटबल प्रतियोगीता हुने भएको हो ।

फागुन २ गतेदेखि दाङको घोराहीमा जिल्लाकै ठूलो धनराशीको फुटबल प्रतियोगीता हुन लागेको हो । फुटबल क्लबलाई आमन्त्रण गरेर प्रतियोगीता सञ्चालन गर्ने नेपाल मगर संघ दाङले जनाएको छ ।

नेपाल मगर संघ दाङको आज सम्पन्न भएको बैठकले प्रतियोगीता सञ्चालन गर्ने निर्णय गरेको हो । प्रतियोगीतामा प्रथम हुने टीमले एक लाख एघार हजार एक सय ११ रुपैया नगद पुरस्कार, शिल्ड र प्रमाण पत्रको ब्यबस्था गर्ने निर्णय गरेको छ ।

यस्तै दोस्रो हुनेले टीमले ५५ हजार ५ सय ५५ रुपैया नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गर्ने नेपाल मगर संघ दाङले जनाएको छ । फुटबल क्लबलाई आमन्त्रण गर्ने पनि मगर संघले निर्णय गरेको छ ।

संघका जिल्ला अध्यक्ष खलुप्रसाद पुनको अध्यक्षतामा बैठक बसेको हो । बैठकले प्रतियोगीता सम्पन्न गर्नका लागि नेपाल मगर ब्यबसायी संघका अध्यक्ष प्रेमबहादुर बुढालाई संयोजक, भानसिंह बुढालाई आर्थिक संयोजक, प्राबिधीक संयोजकमा ईराक घर्ती मगर र प्रचारप्रसार संयोजकमा प्रेमबहादुर राम्जालाई संयोजक तोकेको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*