Home / Feature Breaking news / नवनिर्वाचित वडा अध्यक्ष डाँगीद्वारा सपथ ग्रहण

नवनिर्वाचित वडा अध्यक्ष डाँगीद्वारा सपथ ग्रहण

दाङ,१८ मंसिर । घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।

नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले नव निर्वाचित वडा अध्यक्ष डाँगीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन ।

वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यबहाक प्रमुख न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष एवं कार्य पालिकाका सदस्यहरुले टिका र माला लगाएर स्वागत एवं बधाई ज्ञापन गरेका छन ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष डाँगीले वडाबासीको मन जित्ने गरी समन्वय र सहकार्यबाट काम गर्ने प्रतिबद्धता जनाए ।

सच्चा जनप्रतिनिधीकोरुपमा आफुले काम गर्ने भन्दै सबैबाट सहयोगको पनि अपेक्षा गरेको उल्लेख गरे । नगरका कार्यबहाक प्रमुख न्यौपानेले बधाई ज्ञापन गर्दै वडाबासीको मन जितेर विकासमा लाग्न र सहकार्यबाटै कार्य सम्पादनलाई अघि बढाउन आग्रह गरिन ।

कार्यक्रममा नगरका प्रबक्ता भरतमणि अर्यालले कार्य सम्पादनमा राजनिति आग्रह पूर्बाग्रह जनप्रतिनिधिहरुमा हुन नहुने भन्दै सहकार्य गरेर नगरको विकासका लाग्नेमा जोड दिए ।

गतबर्ष वडा अध्यक्ष लछिनप्रसाद बुढा मगरको विरामीका कारण निधन भएपछि यही मंसिर १४ गते भएको उपनिर्वाचनबाट डाँगी अध्यक्षमा निर्वाचित भएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*