Home / Feature Breaking news / देवः विकास बैंकमा भएको रकम हिनामिनाको मुद्दा उच्च अदालतमा

देवः विकास बैंकमा भएको रकम हिनामिनाको मुद्दा उच्च अदालतमा

दाङ, ४ कार्तिक । देव बैंकमा भएको १८ करोड रकम हिनामिना प्रकरणको मुद्दा उच्च अदालत तुलसीपुरमा दर्ता गरिएको छ । समय नपुगेका कारण बयान भने आजा हुने उच्च अदालत तुलसीपुरका रजिष्टार रामप्रसाद भट्टराईले जानकारी दिएका छन् । मुद्दामा निवेदन आइतबार परेपनि हिजो ढिलाई भएकाले आजदेखि बयान सुरु हुने बताएको छ । ‘आज मुद्दा दर्ता भएको छ, समय अभावका कारण भने बयान हुन सकेन – रजिष्टार भट्टराईले भने ।

रकम हिना मिना वारे प्रहरी अनुसन्धान पुरा गरि प्रहरीले पक्राउ परेका मध्य १४ जनालाई झन्डै ६० दिन थुनामा राखेर अनुसन्धान पछि आफ्नो प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर तथा सजाय ऐन अन्तरगत ६० दिन थुनामा राखेर अनुसन्धान पुरा गरेको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए ।

यअसघि बैंकको ठूलो धनरासी हिनामिना गरेको मुद्दाका आधारमा प्रहरीले भदौ ३ गते बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ गरेको थियो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर स्थित तत्कालिन बैष्टर्न बैंक तथा हालको देव विकास बैंकबाट १७ करोड ९९ लाख ९० हजार रुपैंया हिनामिना गरेको उजुरी पछि बैंकका म्यानेजरलाई पक्राउ गरेको थियो ।

घोराही १० नारायणपुर निवासी म्यानेजर बुढाथोकीको बयानका आधारमा प्रहरीले त्यसपछि विभिन्न समयमा थप १४ जनालाई पक्राउ गरि अनुसन्धान गरेको थियो । यो बीचमा तीन जना तारेखमा छुटेका थिए । उनीहरु पनि तारेखमा छुटेको तर सफाई नपाएको हुँदा दोषी देखिए फेरि पक्राउ गर्नुपर्ने अवस्था आउन सक्ने प्रहरीले बताएको छ । प्रहरी प्रतिवेदनमा झन्डै ५० देखि ६० जनालाई रकम हिनामिना प्रकरणमा दोषी देखाइएको छ ।

राष्ट्र बैँक,सिआईबी र जिप्रका दाङले घोटाला प्रकरणको अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा सिईओ, बैँक सञ्चालकको खाता नै रोक्का गरिएको थियो । प्रहरीले आफुले पुरा गरेको अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा पठाइसकेको पछि फाइल आइतवार अदालतमा पेश गरेकोहो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*