Home / Feature Breaking news / दाङमा छुट्टछुट्टै घटनामा तीन जनाको मृत्यु

दाङमा छुट्टछुट्टै घटनामा तीन जनाको मृत्यु

दाङ, ५ भदौ

दाङमा एक पुरुषको शव भेटिएको छ । वुधवार लमही नगरपालिका वडा नम्बर ६ अर्जुन खोलामा अन्दाजी ४५÷५० वर्षको उमेरका एक पुरुषको शव दिउसो करिब ३ बजे भेटिएको प्रहरीले जानकारी दिएको छ ।

शव खोलाले बगाएर लिएको जस्तो देखिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शव लमही अस्पतालमा रहेको छ ।

वुधवार कुलोले बगाउदा दाङमा एक बालकको मत्यु भएको छ । तुसीपुर उपमहानगरपालिका १७ बनकट्टी बस्ने राधिका चौधरीको २ वर्षीय छोरा रिजन चौधरीको घर नजिकैको कुलोमा खेल्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बालकको शव राप्ती प्रादेशीक अस्पतालमा राखीएको छ ।

वुधवार नै करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गढवा गाँउपालिका १ पत्रिङगामा जयन्ती ग्याबिङ बहुउद्धेश्य उद्योगमा वल्डीङ गर्ने क्रममा करेन्ट लागेर रोल्पा सुनशहरी गाँउपालिका ३ का ३० वर्षीय नरबहादुर बुढा घाईते भएका थिए ।

घाईते बुढाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*