Home / Feature Breaking news / धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं,६ असार । धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको उनले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।

कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*