Home / समाचार / आगलागी पीडितलाई बीमा रकम

आगलागी पीडितलाई बीमा रकम

दाङ, २३ जेठ । स्मार्ट लघुवित्त वित्तीय संस्थाले तुलसीपुर–१३ का भूमि नेपालीलाई जीवन तथा आवास सुरक्षा कोषअन्तर्गतको बीमा रकम हस्तान्तरण गरेको छ । नेपालीको घरमा आगलागी भएको खबर पाएपछि घरमै पुगेर एक कार्यक्रमका बीच बीमा रकम हस्तान्तरण गरिएको संस्थाले जानकारी दिएको छ । बीमा रकम हस्तान्तरण गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत सुजन वलीले पीडितको पीडामा मलहम लगाउन घरमै पुगेर बीमा रकम र आफ्नो तर्फबाट ५ हजार रुपैयाँ सहयोग गरेको बताए ।

दाङ विभिन्न स्थानमा रहेका निम्न आय भएका समुदायको जीवनस्तर उकास्नका लागि संस्था लागिपरेको भन्दै वलीले निकट भविष्यमै छिमेकी जिल्लाहरुमा पनि सेवा बिस्तार गर्न लागेको जानकारी दिएका छन् । अग्नी पीडित नेपालीको परिवारलाई सहयोग गर्नका लागि अन्य संघसंस्थाहरुलाई समेत उनले आग्रह गरेका छन् ।

ghar

आफ्नै घर–आँगनमा बीमा रकम पाउँदा हर्षित हुँदै अग्नी पीडित नेपालीले दुःखको समयमा साथ दिएकोमा संस्थाप्रति आभार प्रकट व्यक्त गरिन । । तुलसीपुर शाखा प्रमुख पार्वता डिसीले सहजीकरण गरेको राहत बितरण कार्यक्रममा नारायणपुर शाखा प्रमुख बालकृष्ण लामिछाने, फिल्ड सहायक सुलोचन चौधरीलगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*