Home / खेलकुद / रोनाल्डोले बनाए यस्तो नयाँ रेकर्ड

रोनाल्डोले बनाए यस्तो नयाँ रेकर्ड

काठमाडौं ।यसै सिजन स्पेनिस रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टसमा अनुबन्ध भएका क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । हालसालै ३४ वर्ष लागेका रोनाल्डो अब सिरी ‘ए’ फुटबलमा सिंगल सिजनमा सबैभन्दा बढी गोल गर्ने पोर्चुगिज खेलाडी बनेका छन् ।

रोनाल्डोले हालसम्म सिरी ‘ए’मा १८ गोल गरिसकेका छन् । उनले कूल २३ खेल खेल्दै १८ गोल गरेका हुन् । त्यसक्रममा रोनाल्डोले ८ गोलका लागि असिस्टसमेत गरेका छन् ।

रोनाल्डो अहिले सिरी ‘ए’ लिगको सर्वाधिक गोलकर्ता हुन् । उनीपछि साम्पडोरियाका फाबियो क्वाग्लिएरिल्ला १६ गोलसहित दोस्रो स्थानमा रहेका छन् ।

लिगका २३ खेल सकिँदा १८ गोल गसिसकेका रोनाल्डो अहिले इटालीको टप लिगमा एकै सिजनमा सबैभन्दा बढी गोल गर्ने पोर्चुगिज खेलाडीको पहिलो नम्बरमा छन् ।

उनीपछि रुई बारोसले सिजन १९८८र८९ मा एकै सिजनमा १२ गोल गरेका थिए । त्यसपछि रुई कोस्टाले सिजन १९९८र९९ मा १० गोल गरेका थिए भने रुई कोस्टाले नै सिजन १९९४र९५ मा ९ गोल गरेका थिए । त्यसैगरी, लुनो गोमेजले सिजन २०००र०१ मा ९ गोल गरेका थिए ।

लिगमा अझै १५ खेल बाँकी रहेकाले रोनाल्डोले गोल संख्या बढाउनेछन् । हालकै लयमा रहे उनले यो सिजन सिरी ‘ए’मा ३० हाराहारी गोल गर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*