Home / Feature Breaking news / छैठौँ पटक अध्यक्षको तयारीमा ‘पानी बा’

छैठौँ पटक अध्यक्षको तयारीमा ‘पानी बा’

घोराही खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाको आगामी नेतृत्वका लागी भोली शनिवार निर्वाचन हुँंदै छ । नयां नेतृत्वका लागी वर्तमान अध्यक्ष देवीवहादुर डिसी नेतृत्वको प्रजातान्त्रिक प्यानल र प्रगतिशिल प्यानलबाट गणेशप्रसाद श्रेष्ठ नेतृत्वको समुह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै प्यानलका उम्मेदवारहरु चुनावी अभियानमा यतिवेला उपभोक्ताको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत माग्न व्यस्त छन् । खानेपानीको व्यवस्थापनमा देखिएका चुनौतिहरु, पानीको श्रोत बढाउने भावि योजना र निर्वाचनमा जित्ने आधारका विषयमा केन्द्रित रहेर दाङ जिल्लामै ‘पानी बा’ का रुपमा परिचत प्रजातान्त्रिक प्यानल तर्फवाट संस्थाको अध्यक्षका उम्मेदवार देवी वहादुर डिसीसंँग पत्रकार खेमराज रिजालले गरेको कुराकानीको सारसंक्षेप ।

प्रश्नः घोराही खानेपानीमा तपाईले पांँच कार्यकाल नेतृत्व गरिसक्नु भो, फेरी पनि आगामी कार्यकालकालागी उम्मेदवार बन्नु भएको छ नी ?

उत्तरः यो मेरो मात्र चाहना भन्दा पनि उपभोक्ता कै बढि चाहनाले हो । जहाँं गएपनि जुन उपभोक्तालाइ भेटे पनि मलाई उपभोक्ताहरुले फेरी नेतृत्व गर्नुपर्यो पानी वाजे भनिरहनु भएकाले पनि मेरो फेरी उम्मेदवारी हो । अर्को कुरा मैले उपभोक्ताहरुलाइ कसरी पानी सहज रुपमा उपलव्ध गराउने भन्ने सन्दर्भमा धेरै महत्वाकांक्षी योजना पनि सुरु गरिसकेको छु । ती योजनालाइ सम्पन्न गराउनु मेरो नैतिक दायित्व हो । अर्को कुरा मैले यति धेरै समय खानेपानीकै नेतृत्वमा खर्च गरें ।

बाँकी एक कार्यकाल त अँझै सवल रुपमा नेतृत्व गर्न सक्छु भन्नेमा म आँफैपनि ढुक्क छु । त्यसैले मैले आफ्नो नेतृत्वको उम्मेदवारीलाइ फेरी एकपटक निरन्तरता दिएको हँुं । आफुले सुरु गरेका योजनालाइ तँ पुरा गर्नुपर्यो नि ।

प्रश्नः कहिले स्वतन्त्र, कहिले निर्विरोध त कहिले सवै कांग्रेस एमाले र एमाओवादीको समेत समर्थन पाएर तपाइले खानेपानी नेतृत्वमा पुग्नुभयो । अहिले मुलुकको स्थानिय तह र संसदिय निर्वाचनमा अत्यधिक वहुमत ल्याएका पार्टीको समर्थन रहेको उम्मेदवारसंँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, के छन् तपाईका चुनाव जित्ने आधारहरु ?

उत्तरः दलको समर्थन एउटा होला, तर चुनाव जिताउने भनेको उपभोक्ताहरुले हो । खानेपानी कुनै पार्टीको भात्री संगठन पनि त होइन अनि राजनीति गर्ने अखडा पनि त होइन । त्यसो भएका हुनाले चुनाव जित्नेमा म भन्दा बढि ढुक्क उपभोक्ताहरु हुनुहुन्छ । अर्को कुरा खानेपानी संस्था कुनै आर्थिक लाभ लिने संस्था पनि त होइन ।

devi

मैले यो संस्थामा लागेर अहिलेसम्म कुनै पारिश्रमिक समेत लिएको छैन । मैले पैसा कमाउन चाहेको भए व्यापार व्यावसाय गर्थें, तर मलाई खानेपानीमा बसेर सेवा गर्ने मन लाग्यो । सिम्पल लिभिङ हाइ थिंकिङ मेरो चाहना हो । त्यसैले यसलाई निरन्तरता दिइरहेको छु । सकुन्जेलसम्म मैले सम्ंपुर्ण श्रम र शक्ति खानेपानीमै लगाउने प्रण गरेको छु । अनि अर्को कुरा मैले खानेपानीको मुहानदेखि धाराको टुटिसम्म बुझेको छु । मेरै पहलमा विसं २०६० शालमा साना शहरी खानेपानी आयोजना ल्याएं । त्यसले कम्तिमा उपभोक्तालाइ १५ बर्ष पुग्छ भनेका थियौं । तर योजनाले लक्षित समयसम्म धानेन । विसं २०६९ फेरी ६ करोड ५२ लाखको अर्को योजना ल्याएं, नगर विकास कोषबाट ऋण लिएर । त्यो ऋण पन्ध्र बर्षकालागी ल्याइएको थियो । तर पाँंच बर्षमै बुझायौं ।

त्यसैले फेरी अर्को पटक ऋण लिंदा मलाई कुनै व्यक्ति तथा संस्था जमानत समेत बस्नुपरेन । त्यसैको फल स्वरुप नगर विकास कोषले विसं २०७४ शालमा घोराही खानेपानीलाइ मुलुककै उत्कृष्ठ योजनाका रुपमा पुरस्कृत पनि गर्यो । अहिले पनि कम्तिमा पौने दुई करोड ऋण लिएका छौं । पन्ध्र बर्षभित्र तिर्ने ऋण हो, तर पाँंच बर्षमै क्लियर गर्ने तयारीमा छौं । उपभोक्ताका हितमा काम गर्नु नै मेरा चुनाव जित्ने मुख्य आधार हुन् । त्यसमा अहिलेसम्म उपभोक्ताहरुले सहि निर्णय गरिरहनुभएको छ ।

प्रश्नः पछिल्लो समयमा खानेपानीका मुहान सुक्दै गएका छन् । वातावरणिय विनास संँगै नदिजन्य पदार्थ एवं चुनढुंगा उत्खनन्को अर्को चुनौति छ । पानीको बैकल्पिक श्रोत समेत मस्कील भैरहेको अवस्थामा फेरी पनि उम्मेदवार बन्नुभएको छ । यी चुनौतिहरुलाई कसरी सामना गर्नुहुन्छ?

उत्तरः देवी वहादुर डिसी चुनौतिसंँग डराउने व्यक्ति होइन भन्नेमा तपाई ढुक्क हुनुस् । जतिवेला म घोराही खानेपानीको नेतृत्वमा आएको थिएं, त्यतिवेलानै थुप्रै चुनौतिहरु थिए । मलाइ चुनौतिसंँग जुध्ने वानी परिसकेको छ । त्योवेला पनि प्रयाप्त श्रोत थिएन, थप्दै गयौं, विकल्प खोज्दै गयौं । कहिं मुहान थपिए, कहिं डिपवोरीङ । उपभोक्ता बढ्दै जांदा पानीको श्रोत पनि बढाइरहेका छौं । अव अर्को सवैभन्दा ठुलो चुनौति थफिएको छ, चुनढुंगाको अनियन्त्रीत उत्खनन् ।

51407058_2279820988899766_23410488045993984_n

यसमा म अत्यन्तै गम्भीर छु । अव दाङलाई मरुभुमिकरण हुनबाट जोगाउने हो भने जुनसुकै उत्तरी पहाड श्रींखलाबाट थप चुनढुंगा उत्खनन्मा पुर्ण रुपमा रोक लगाउनु पर्छ । पानी नपाएर दंगालिले छाकवास बेचेर वाहिरीने अवस्था नहोस भनी हामी सचेत पनि छौं । यो चुनौतिका विषयमा मैले स्थानिय सरकारदेखि प्रदेश सरकार र संघिय सभामुख कृष्ण वहादुर महरालाई समेत जानकारी गराइसकेको छु । यस सवालमा उहांँहरु पनि अत्यन्तै सकारात्मक हुनुहुन्छ । पानी कुनै एउटा पार्टीको होइन, सवै पार्टीका उपभोक्ताहरुको हो । सहज पानी आपुर्तिका योजना कार्यन्वयनका सवालमा मैले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारबाट पनि आवस्यक सहयोग र सल्लाह सुझाव पाइरहेको छु । आगामि कार्यकालमा पनि यो सहयोग अझै प्रगाढ हुनेमा म विश्वस्त छु ।

प्रश्नः तपाईका भावि योजनाहरु केहि छन् की ?

उत्तरः मेरो भावि योजना भनेको घोराही खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका सवै उपभोक्ताहरुलाइ चौविसै घण्टा पानी उपलव्ध गराउनु हो । त्यसैले निकट भविस्यमै सन्चालन हुने गरी ववइ लिफ्ट खानेपानी योजना सन्चालनमा आउने छ । यसको प्रारम्भिक सर्वे समेत सम्पन्न भैसकेको छ । प्रतिसेकेन्ड ५० लिटर पानी सो आयोजनाबाट प्राप्त हुने छ ।

त्यसैगरी कटुवाखोलामा पानी संकलन केन्द्र र एउटा समवेल निर्माण गर्ने अन्तिम तयारी भैरहेको छ । जुन योजना सम्पन्न भएपछि हाल भएका करीव ७ हजार उपभोक्तालाइ चौविसै घण्टा पानी पुग्ने छ । यदि उपभोक्ता थपिंदै दोव्वर भएभने पनि अहिलेकै अवस्थामा यीनै मुहानबाट पानी पुग्ने हाम्रो तथ्यांक छ ।

यो मैले बोलेको होइन, तथ्यांकले बोलेको विषय हो । कटुवाखोला योजना सम्पन्न भएमा विशेष प्राविधिक कारणले पानी नपुगेका वडा नंवर १४ का केहि टोलहरुमा पनि खानेपानी सहज बनाउने तयारीमा छौं । संम्भवतः आउंँदो फागुनसम्म यी योजनाहरुको कार्यन्वयन सुरु हुने छ । अर्को योजना कस्तुरी टोलमा नयां डिपवोरीङको छ ।
सो योजनाले बुद्धनगर टोल, ज्योती नगर टोल, कस्तुरी टोल र प्रगति टोललाई खानेपानी प्रयाप्त हुने छ । अन्त्मा पानी पुराउने नेतृत्वलाई मतदान गर्न सम्ंपुर्ण उपभोक्ताहरुलाई अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*