Home / Feature Breaking news / कृषि विकास बैंकद्धारा ३० प्रतिशत लगानी

कृषि विकास बैंकद्धारा ३० प्रतिशत लगानी

दाङ,९ माघ  । कृषि विकास बैक क्षेत्रिय कार्यालय घोराहीले कृषि क्षेत्रमा लगानी बढाउदै लगेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा लाग्ने कृषकलाई सहयोग पु¥याउनका लागि बैकले ऋण प्रदानलाई प्राथमिकता दिएको कृषि विकास बैक क्षेत्रिय कार्यालयले जनाएको छ ।

कृषिमा लाग्नेहरुको सङ्ख्यामा वृद्धिका साथै उत्पादनमा समेत वृद्धि हुने बैकले अपेक्षा लिएको छ । क्षेत्रीय कार्यालयकाले चालु आर्थिक वर्ष २०७५÷०७६ को ६ महिनामा लगानीको ३० प्रतिशत कर्जा कृषिमा लगानी गरेको क्षेत्रिय कार्यालयका शाखा अधिकृत तथा सुचना अधिकृत नरदेवश्वर चौधरीले जानकारी दिए । ‘हामीले ऋण लगानीमा कृषि क्षेत्रलाई प्राथमिक्ता दिने गरेका छौै’ चौधरीले भने । क्षेत्रिय कार्यालयले व्यापार कर्जामा २५ प्रतिशत लगानी गरेको जनाएको छ ।

त्यसैगरेर साना तथा घरेलु उद्योगमा ६ प्रतिशत लगानी गरेको जनाएको छ । त्यसैगरेर आवास, कर्जा, सुनचाँदी कर्जा, व्यवसायिक कृषि तथा पशुपक्षी, किस्तावन्दी ऋण, शैक्षिक, घरायसी, सहुलीयत पुर्ण कर्जा लगाएतका कर्जा प्रदान गदै आएको जनाएको छ । क्षेत्रिय कार्यालयले ६ महिनामा ३ अर्व ५८ करोड ७७ लाख लगानी गरेको सुचना अधिकृत चौधरीले जानकारी दिए । उनका अनुसार ३ अर्ब २० करोड ७६ लाख कर्जा असुली गरेको छ । त्यसैगरेर बैकले ३१ करोड १० लाख व्याज असुली गरेको चौधरीको भनाई छ ।

बैकले ६ महिनाको अवधिमा २३ करोड १९ लाख नाफा गर्ने सफल भएको जनाएको छ । क्षेत्रिय कार्यालयको ५ अर्व ५ करोड ८० लाख लगानीमा रहेको छ । व्याज उठन २ करोड ३ लाख रहेको कार्यालयले जनाएको छ । बैकले १ अर्व ७५ करोड ९९ लाख निक्षेप सङकलन गर्ने सफल भएको छ । क्षेत्रीय कार्यालयका कर्जा सङख्या ७ हजार ६ सय ५२ जना रहेका छन् भने निपेक्ष कर्ता ४५ हजार ५ सय २७ जना रहेका छन् ।

बैकले समयको मागसंगै अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवा प्रदान गदै आएको छ ।
कृषि विकास बैकको क्षेत्रीय कार्यालय सहित राप्तीका ५ जिल्ला दाङ, सल्यान, प्युठान, रुकुम र रोल्पा गरी १२ वटा कार्यालयहरु रहेका छन् । बैकले आफना सेवा क्षेत्र भित्र विभिन्न सामाजिक सामुदायिक कार्यहरु समेत गदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*