Home / Feature Breaking news / नारायणपुर खानेपानीमा ३८ करोड बढि लगानी

नारायणपुर खानेपानीमा ३८ करोड बढि लगानी

लिलाधर वली
दाङ,८माघ । नारायणपुर क्षेत्रमा खानेपानीका लागि ३८ करोड बढि लगानी गरिएको छ । नेपाल सरकार र खानेपानी सस्थाको सहलगानी आयोजना र क्रमागत आयोजना अन्तर्गत ३ वटा खानेपानी आयोजनाहरुमा करिव ३८ करोड १६ लाख ४७ हजार ५ सय ८ रुपैयाँ लगानी भएको छ । जसवाट ७ हजार तीन सय ७९ घरधुरीलाई स्वच्छ खानेपानी पु¥याउने खानेपानी समितिको लक्ष्य रहेको छ ।

नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति र नेपाल सरकारको सहलगानी आयोजनामा करिव १५ करोड १४ लाख १९ हजार २ सय ३२ रुपैयाँ लगानी भएको नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष कुलप्रसाद रजौरे ‘श्रवण’ले जानकारी दिए ।

khanepani

समितिका अध्यक्ष रजौरेले सहलगानी आयोजनाअन्तर्गत ४ लाख ५० हजार लिटर पानी अट्ने ओभरहेड ट्याङकी एक वटा, २ लाख लिटर पानी अट्ने अण्डर ग्राउण्ड ट्याक्की एक वटा, ४ वटा डिपबोरिङ, ६३ किलोमिटर पाइप विस्तारसँगै घोराही उपमहानगरपालिका वडा नं. १० को झारबैरामा फिल्टर मेसिन, कम्पाउण्ड वाल र भवन निर्माणको काम गरिएको बताएका थिए ।

सि.ए.बि कन्ट्रक्सन प्रा.लि ललितपुरले निर्माणको काम गरिएको खानेपानी आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ । आयोजना निर्माणपछि घोराही उपमहानगरपालिका वडा नं. ८, ९, १०, ११ र १२ नम्वर वडाका ३ हजार २९ घरधुरीका १४ हजार ८५ जनसंख्या लाभान्वित हुने नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले जनाएको छ । २०७२ सालमा निर्माण सम्झौता भएको खानेपानी आयोजना निर्माणको अन्तीम चरणमा रहेको भन्दै अध्यक्ष रजौरेले यहि महिनामा उदघाटन हुने बताए ।

क्रमागतमा २ आयोजना

क्रमागत आयोजना अन्तर्गत नारायणपुरमा २ वटा खानेपानी आयोजनाहरु निर्माणको चरणमा रहेका छन । नेपाल सरकारको तराई मधेश कार्यक्रमअन्तर्गत बरुवागाउँमा १५ करोड २ लाख २८ हजार दुई सय ७७ रुपैयाँको आयोजना र घोराही उपमहानगरपालिका वडा नं. ८ मा आठ करोड रुपैयाँको लागतमा निर्माण हुन थालेको नारायणपुर खानेपानी मर्पाडाडा रहेको समितिका अध्यक्ष रजौरेले जानकारी दिए ।

३५ सय घरधुरीलाई स्वच्छ खानेपानी पु¥याउने गरि निर्माण भईरहेको आयोजनाको ४ लाख ५० हजार लिटरक्षमताको ओभरहेड ट्या«की निर्माण र ३५ लाखको लागतमा कम्पाउण्ड निर्माण गरिएको समितिले जनाएको छ । आर्थिक बर्ष २०७०÷०७१ वाट सुरुभएको खानेपानी आयोजनामा उपभोक्ताको १ प्रतिशत र नेपाल सरकारको ९९ प्रतिशत लगानी रहेको छ ।

८ करोड रुपैयाँको लागतमा निर्माण हुन थालेको नारायणपुर खानेपानी मर्पाडाडा आयोजनाअन्तर्गत १९ लाख ६५ हजार २ सय ८ रुपैयाँको लागनीमा डिपबोरिङ र दश लाखको लागतमा कम्पाउण्ड निर्माणको काम हुने समितिले जनाएको छ । आर्थिक बर्ष २०७४÷०७५वाट सुरुभएको खानेपानी आयोजना निर्माण भएपछि ८ सय ५० घरधुरी लाभान्वित हुने भएको अध्यक्ष रजौरेले जानकारी दिए । आयोजना निर्माणका लागि टेण्डर प्रक्रिया सुरु भैसकेको छ ।

एक हजार छ सय १० धारा वितरण गरेको नारायणपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दैनिक ३ लाख लिटर पानी वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*