Home / Feature Breaking news / महायज्ञमा साढे ३० लाख संकलन, पाँचौ दिन साढे १२ लाख दान

महायज्ञमा साढे ३० लाख संकलन, पाँचौ दिन साढे १२ लाख दान

घोराही, ७ माघ

घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा घोराहीमा जारी महायज्ञमा साढे ३० लाख दान संकलन भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधीक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ को पाँचौ दिनसम्म३० लाख ५९ हजार ८२ रुपैया दान छ ।

जसमध्य पाँचौ दिन सोमवार १२ लाख ६९ हजार १ सय ३१ रुपैया दान संकलन भएको महायज्ञका निर्देशक प्रा.डा.अर्जुन बुढाथोकीले जानकारी दिनुभयो ।

महायज्ञमा सोमवार बंगलाचुली गाँउपालिका कमिरेचौरका तेजबहादुर थापाले १ लाख २५ हजार १ सय ११ रुपैया, घोराही १३ का टीकाप्रसाद गिरीले १ लाख ११ हजार १ सय ११, घोराही १३ का डुल्लु पोख्रेलले ७७ हजार ७ सय ७७, घोराही १६ का हर्कबहादुर खत्रीले ५१ ह्जार १ सय ११, घोराही १४ का रामधन श्रेष्ठले ५१ ह्जार ५, घोराही १३ का मेहन्त गिरीले ३१ ह्जार १ सय ५५, घोराही १५ का घनश्याम थापाले २५ हजार १ सय २५, मनोज गिरीले २५ हजार २५, राप्ती अञ्चल पेट्रोलियम डिलर्स यशोसियसनले २५ हजार ५ सय ५५ रुपैया दान गरेको आर्थिक समितिका सदस्य केशव गिरीले जानकारी दिनुभयो ।
महायज्ञमा आईतवारको प्रमुख अतिथि संविधानसभा सदस्य राजु खनाल रहनुभएको थियो ।

महायज्ञमा हालसम्मकै सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ ।
महायज्ञको मुख्य वाचकमा बालयोगेश्वर महाराज रहनुभएको छ । महायज्ञमा दैनिक धार्मीक कार्यहरु हुने गरेको छ ।

महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी पर्दशन र धार्मीक नाटक हेर्न र सुन्नकालागी भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ । महायज्ञको छैठौ दिन मंगलवार कथामा रहेको भगवान् राम र सीताको विवाह एवं भगवान कृष्णको जन्मत्सवलाई झाँकीको माध्यमबाट प्रस्तुत गरिने भएकाले सो झाँकी अवलोकन गर्नकालागी आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

साथै कृष्णको जन्मत्सवको अवसरमा भक्तजनहरुलाई प्रसाद वितरण गरिने भएकाले पनि प्रसाद ग्रहण गर्नकालागी उपस्थित हुन सम्पूर्णमा आयोजक मूल समितिले अनुरोध गरेको छ ।

जेष्ठ पूजन एवं महिला विशेष कार्यक्रम हुने

महायज्ञमा महिला विशेष कार्यक्रम हुने भएको छ । महायको साताँै दिन  वुधवार महिला विशेष कार्यक्रम हुने मूल समितिका संयोजक विमला योगीले जानकारी दिनुभयो ।

महिलाहरुको विषयमा छलफल गर्नकालागी यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रका महिला नेतृत्वहरुको सहभागीतामा छलफल कार्यक्रम महायज्ञ स्थलमा हुने योगीले जानकारी दिनुभयो ।

साथै सोही दिन महायज्ञमा आउने जेष्ठ नागरिकहरुलाई पूजन कार्यक्रम हुने भएको छ । महायज्ञमा उपस्थित ६० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई पूजन गरिने मूल आयोजक समितिले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*