Home / Feature Breaking news / पुस्तकको लोकप्रियता घटेकोमा चिन्ता

पुस्तकको लोकप्रियता घटेकोमा चिन्ता

घोराही, १५ भदौ

दाङमा पछिल्लो समयमा पुस्तक पढ्ने पाठकको संख्यामा कमी आएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । पहिले पढ्ने पाठक हुँदा पुस्तक नपाउने समस्या र अहिले प्रसस्त मात्रामा पुस्तक हुँदा पाठकको अभाव भएको उनिहरुको भनाई थियो ।

शुक्रवार ११ औँ पुस्तकालय दिवसका अवसरमा घोराही उपमहानगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्नेहरुले जिल्लाको पुस्तकालयको व्यवस्थित र पाठकको बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

अमयानुसार अहिलेका पाठकको अभिरुचीका पुस्तकहरुलाई उपलव्ध गराउनुपर्ने र सहज रुपमा उपलव्ध गराउनुपर्ने कार्यक्रममा सहभागिले माग गरेका थिए ।

बौदिक ज्ञानको अभावमा भौतिक विकास सम्भव नभएको भन्दै उनिहरुले पुस्तकको अध्यनमा रुची राख्न सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै सर्वाेदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले विचारको विकास विना समृद्धी हुन नसक्ने बताउनुभयो ।

पुस्तक अध्यन विना विचारको विकास हुन सक्दैन्, विचार नभए त्यहाँको समाज समृद्ध हुन सक्दैन्, भन्नुभयो । जहाँ ज्ञान विवेक समृद्धीको खेती हुन्छ यो समाज शुन्दर हुन्छ अध्यक्ष गौतमले भन्नुभयो ।

कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले अध्ययन विना कुनै पनि विकास हुन नसक्ने बताउनुभयो ।

पढाईले नै ज्ञान, सिप, क्षमता, बिचारको विकास हुने भन्दै उहाँले स्थानिय सरकारले गाउँगाउँमा पुस्तकालय तथा सिकाई केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्ययनमा कमजोर भए ज्ञान अपुरो हुने भन्दै उहाँले त्यसले विकासमा समेत असर गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्माले विचारको निर्माण विना विकास असम्भब हुने बताउनुभयो ।

पठन संस्कृती अत्यन्त कमजोर रहेको भन्दै उहाँले अध्ययन विनाको बोलाई र व्यवहारले अन्तत प्रतिफल नदिने बताउनुभयो ।

पढ्ने बानीले मात्रै सोच तयार र बिश्लेशणको आधार तय हुने बिचार व्यक्त गर्नुभयो ।  अध्ययनले ज्ञान, सिप र विचार निर्माण गर्ने भन्दै उहाँले पठन संस्कृतीको विकासमा स्थानिय सरकारले लगानी बढाउनु पर्ने बताउनुभयो ।

नगरका कार्यबहाक प्रमुख भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुले पुस्तकालयलाई आधुनिक प्रबिधी सँग जोड्नु पर्ने बताएका छन् ।

विद्यालय, सार्वजनिक भवन लगाएतका स्थलहरुमा पुस्तकालय एवं अध्ययन केन्द्र स्थापना गरेर पठन संस्कृतीमा नागरिकहरुलाई केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।

नगर शिक्षा ईकाइ प्रमुख नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण दाङ पुस्तकालय संघका अध्यक्ष बसन्त पुनले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*