Home / समाचार / महायज्ञमा एक हजार ८ कन्याको पूजा गरिने

महायज्ञमा एक हजार ८ कन्याको पूजा गरिने

दाङ, ११ भदौ

बौद्धिक अपांगताहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा १ हजार ८ कन्याहरुको पूजा गरिने भएको छ ।

प्रेरणाकालागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानीमा निर्माण भईरहेको बौँद्धिक अपांगता भएका व्यक्तीहरुको आवासकालागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा एक हजार ८ कन्याहरुको पूजा गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञको चौथो दिन असोज ४ गते १ हजार ८ कन्याहरुको पूजन गरिने मूल समितिका सह–संयोजक सुशीला पौडेलले जानकारी दिनुभयो ।

कन्याहरुलाई ओम आकारमा राखेर पूजा गरिने उहाँले बताउनुभयो । जसकालागि घोराही क्षेत्रका विद्यालयहरुसँग समन्वय गर्ने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो ।

यसैबीच महायज्ञकालागि गठन भएका उपसमितिहरुसँग छलफल कार्यक्रम सोमवार घोराहीमा सम्पन्न भएको छ ।

महायज्ञकालागि गठन भएका उपसमितिहरुले हालसम्म भएका कार्यहरुको बारेमा जानकारी गराएका थिए भने आगामी कार्यहरुको बारेमा पनि छलफल भएको थियो ।

महायज्ञको समय नजिकिदै गएकाले तयारीलाई थप तिब्रता दिने विषयमा पनि कार्यक्रममा छलफल भएको प्रचारप्रसार उपसमितिका संयोजक टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

१ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा हुने महायज्ञको मुख्य कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुहुने छ ।

महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखी हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

यसका साथै अन्य पूजाकालागि पूजा अनुष्ठा उपसमितिसँग सम्पर्क गर्न आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*