Home / Feature Breaking news / ६० किलो चरेस सहित पाँच जना पक्राउ, १० किलोले तान्यो ५० किलो(अपडेट)

६० किलो चरेस सहित पाँच जना पक्राउ, १० किलोले तान्यो ५० किलो(अपडेट)

दाङ, ३ भदौ

दाङमा ठुलो मात्रामा लागु औषध चरेस बरामद भएको छ । प्रहरीले ६० किलो चरेससहित ५ जना पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले ६० किलो चरेस सहित ३ जना पुरष र २ जना महिलालाई पक्राउ गरेको हो ।

IMG_0191

पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय प्रेमबहादुर घर्ति, सल्यान दार्मा गाँउपालिका ५ का ३५ वर्षीय डिल्लीराज चन्द, रुकुम पुषाउत्तरगंगा गाँउपालिका वडा नम्बर १ का ३० वर्षीय रुमा घर्ति, रुकुम भुमे गाँउपालिका २ का २७ वर्षीय सपना पुन र सोही ठाँउ निवासी धुव्रजंग बुढा रहेका छन् । पक्राउ परेकामध्य धुव्रजंग बुढा र सपना पुन श्रीमान श्रीमति रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को अमेलिया क्षेत्रबाट सुराकीको आधारमा प्रहरीले शुक्रवार १० किलो चरेस सहित २ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुबाट अनुसन्धान गर्दै जाँदा सोही स्थानबाट थप ५० किलो गरि ६० किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

IMG_0199

पक्राउ परेकामध्य २ जना कारोबारी रहेको र अन्य ३ जना भरिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई लागुऔषध ऐन अन्तरगत कारबाही हुने प्रहरी उपरिक्षक शर्माले जानकारी दिनुभयो ।

यस विषयमा अझ थप अनुुसन्धान भईरहेको पनि उहाँले बताउनुभयो । यो दाङमा सबैभन्दा धेरै परिणाममा लागु औषध बरामद भएको पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*