Home / Feature Breaking news / जेसिजको पुस्तकालय भवन उद्घाटनः ‘पुस्तालय शैक्षिक क्षेत्रको कोसेढुंगा’ ­देवकोटा

जेसिजको पुस्तकालय भवन उद्घाटनः ‘पुस्तालय शैक्षिक क्षेत्रको कोसेढुंगा’ ­देवकोटा

घोराही, २२ पुस
त्रिभुवन नगर जेसिज घोराहीले पुस्तकालय भवन निर्माण गरेको छ । भवनको शनिवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । पूस्तकालय भवनको उद्घाटन पूर्व सांसद अनिता देवकोटाले गर्नुभएको थियो ।

जेसिजका अध्यक्ष दिपक शर्मा (समीर)को अध्यक्षता एवं पूर्व सांसद अनिता देवकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै देवकोटाले पुस्तालय शिक्षा आर्जनमा कोसे ढुङगा हुने बताउनुभयो ।

उहाँले जिल्लामा सुविधा सम्पन्न पुस्तकालयको अभाव भईरहेको समयमा जेसिजले पुस्तकालयकालागि भवन निर्माण गरेकाले यसलाई पूर्णता दिनकालागि सहयोग गर्न सम्पूर्णलाई अनुरोध गर्नुभयो ।

वैज्ञानिक युगसँगै शिक्षाका क्षेत्रमा नयाँ प्रविधिहरु भित्रिएको भन्दै उनले सुविधा सम्पन्न पुस्तकालमा सवै सुविधा हुन आवश्यक रहेको पनि उहाँको भनाई छ । पुस्तकालयबाटै संसारको बारेमा जानकारी दिन नसक्ने भन्दै पुस्तकालयमा सबै प्रकारका पुस्तकको व्यवस्था गर्न आवश्इक रहेको देवकोटाले बताउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले प्रविधिमैत्री सुविधा सम्पन्न पुस्तकालयले शिक्षाको विकासमा सहयोग पु¥याउने बताएका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिका उपमेयर सिता न्यौपाने सिग्देल, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासन, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, जेसिजका पूर्व अध्यक्ष नारायण अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बह्माकुमारी इश्वरीय विश्वविद्यालयका माधव तिमिल्सेनाले केही पुस्तकहरु पुस्तकालयकालागि प्रदान गर्नुभएको थियो । पुस्तकालयको बारेमा त्रिभुवन नगर जेसिजका पूर्व अध्यक्ष तथा पुस्तकालय निर्माण समितिका संयोजक दिपक श्रेष्ठले जानकारी गराएका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्तित्व तथा सस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संयोजक योगेश पन्तको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव मुकेश शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*