Home / समाचार / तुलसीपुरको मुलकोटमा गाडी पुग्यो

तुलसीपुरको मुलकोटमा गाडी पुग्यो

तुलसीपुर, ११ मंसिर
तुलसीपुरको एक विकट गाउँमा पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी खुशी भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुल्कोटमा पहिलो पटक गाडी पुगेपछि त्यहाँ एक कार्यक्रमको आयोजना गरी उद्घाटन समेत गरीएकोे छ । तुलसीपुर नगर क्षेत्रको विकट क्षेत्र मध्ये मुल्कोट पनि एक हो ।

गाउँमा गाडी पुगेपछि आफुहरुको वषौदेखि गाउँबाट गाडी चढ्ने सपना पुरा भएको स्थानियवासीले बताएका छन् । उनीहरुले प्रत्येक घरधुरीबाट रु पाँच हजारका दरले उठाएको रकम र अन्य निकाय र व्यक्तिबाट प्राप्त सहयोग संकलन गरी करिव साढे पाँच लाख रुपैया लगानीमा सडक बाटो निर्माण गरेपछि उक्त गाउँसम्म गाडी पुग्न सफल भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उपभोक्ता समितिका अध्यक्ष दोलक पुनले सयुक्त रुपमा रिवन काटेर बाटो उद्घाटन गर्नु भएको हो । बाटो निर्माणका लागी साविक जिल्ला विकास समितिबाट तिन लाख रुपैया, जन सास्कृतिक युवा मुस्कान क्लवको भैलोबाट संकलित रकम रु ३७ हजार, हाल विदेशमा रहेका स्थानिय व्यक्तिहरु याम बहादुर घर्ति ,सुसील पुन र चन्द्र बहादुर वलीले प्रति व्यक्ति २५ हजार रुपैयाका दरले आर्थिक सहयोग गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा वोल्दै नगर प्रमुख पाण्डेले मुलकोटलाई दुखको पहाड नभई सुखको पहाड बनाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनु भएको छ । मुलकोट क्षेत्रको विकास र त्यस क्षेत्रका बासीन्दाको समृद्धिका लागी कृषि देखी क्षमता अभिबृद्धि सम्मका योजना सन्चालनका लागि आफुले सहयोग गर्ने बताउनु भएको छ ।

साथै उहाँले तुलसीपुर उपमहानगरपालिकाले सल्यानरोड स्थित हरनेटी हुदै मुल्कोट सम्म सडक बाटो व्यवस्थित गर्नका लागी ४० लाख रुपैया वजेट विनियोजन गरेको बताउनु भएको छ ।त्यस्तैगरी खानेपानी,विजुली लगाएतका विकासका पनि सहयोग गर्ने बताउनु भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष बालकृष्ण रानाले मुल्कोटमा खानेपानीको समस्या भएको भन्दै वडा विकास अन्र्तगत जुमिटाकुरा र मुलकोटमा खानेपानीका लागी ७ लाख वजेट विनियोजन गरीएको बताउनु भएको छ ।

सो अवसरमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वली,चमेरेगुफा संरक्षण समितिका अध्यक्ष भुव बहादुर पुन, महिला स्वास्थ्य स्वंयम सेविका निसा पुन लगाएतले वोल्नु भएको थियो । जनसाँस्कृतिक युवा मुस्कान क्लवका अध्यक्ष सुदिव पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण स्थानिय ऋषिराम पुनले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*