Home / समाचार / राष्ट्रिय जनमोर्चाको मानपुरमा घरदैलो

राष्ट्रिय जनमोर्चाको मानपुरमा घरदैलो

घोराही,११ मंसिर । राष्ट्रिय जनमोर्चा निर्वाचन क्षेत्र नम्बर २ को तुल्सीपपुर उपमहानगरपालिका वडा नम्बर १७ साबिक मानपुर गाविसका विभिन्न गाउहरुमा घरदैलो तथा जनभेटघाट कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।
घरदैलोको क्रममा क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य उम्मेदवार गणेशप्रसाद आचार्यले लहडका आधारमा नभई जनताहरुलाई राजनैतिक पार्टीहरुको बिगतलाई ख्याल गरेर मतदान गर्न आग्रह गरेका थिए । नेपालमा कुन पार्टीले देश र जनताको पक्षमा राम्रो काम गरेको पार्टीका मुद्दालाई हेरेर मात्र मतदान गर्न आचार्यले मतदातालाई आगह्र गरेका थिए ।

घरदैलो कार्यक्रम प्रदेशसभा उम्मेदवार टीका बहादुर बिकले देश र जनताको रक्षाका लागि लड्ने पार्टीलाई निर्वाचनमा भोट दिन आगह्र गरेका थिए । कार्यक्रममा प्रचार प्रसार समिति सदस्य सुशील पोख्रेल, हरि खरेल, रामप्रसाद पोख्रेल, शिबलाल पौडेल, देबिराम भण्डारी, बेगम बिष्ट, बाशुदेव पौडेल, नारायण अर्याल, रेगबहादुर बिक, चन्द्र थापा लगायतका नेता तथा कार्यकर्ताको घरदैलोमा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*