Home / समाचार / मेरो विरुद्ध गलत प्रचार गरियोः खड्ग बुढाथोकी

मेरो विरुद्ध गलत प्रचार गरियोः खड्ग बुढाथोकी

घोराही, ८ मंसीर
दाङ जिल्ला उद्योग संघका निर्वतनमान उपाध्यक्ष एवं प्रजातान्त्रीक उद्योग वाणिज्य संघका पूर्व महासचिव खड्ग बुढाथोकीले केही व्यक्तीहरुले आफू विरुद्ध दुस्प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

दाका बालकलाकार याशुं श्रेष्ठको सम्मान कार्यक्रममा केही दिन पहिले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, नेपाली कांग्रेसका नेता राजु खनाल र एमाले नेता शंकर पोख्रेल सहभागी भएको कार्यक्रममा म पनि पुगेको थिए,’ उनले भने, ‘सो अवसरमा मैले माओवादी नेता महरा, कांग्रेस नेता खनाल र एमाले नेता पोख्रेललाई शुभकामना मात्र दिएको हुँ, मैले महरा, खनाल र पोख्रेललाई शुभकामना दिएको कुरा सत्य हो तर, केही व्यक्तिहरुले खड्ग बुढाथोकीले आफ्नो आस्था विपरित काम ग¥यो भनेर चर्चा गर्न थालेका छन् ।’

उनले आफ्नो आस्थामा अडिग तथा प्रतिवद्ध भएको समेत बताएका छन् ‘केही व्यक्तिहरु अहिले मेरा विरुद्ध कुप्रचारमा लागेका छन्,’ उनले भने, ‘यसबाट म कत्ति पनि बिचलित नभएर आफ्नो आस्थामा अडिग रहँदै आफ्नो व्यवसायमा इमान्दारीपूर्वक लाग्ने छु ।’
साथै उनले केही सञ्चारमाध्यमहरुले अनावश्यक रुपमा तथ्यहिन र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै यस्ता क्रियककलाप बन्द गर्न अनुरोध पनि गर्नुभयो । उहाँले आफू कांग्रेस भएको र कांग्रेस नै भईरहने समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*