Home / Feature Breaking news / दाङमा ७ पूर्व सांसद कांग्रेसबाट उमेद्वार

दाङमा ७ पूर्व सांसद कांग्रेसबाट उमेद्वार

दाङ, १७ कार्तिक
पछिल्लो संविधानसभा निर्वाचनमा विजयी कांग्रेसका आठ सांसद मध्ये सातजना पुनः उम्मेदवार चुनिएका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी सुशीला चौधरी २०७० मा निर्वाचित सांसद हुन् ।

यसैगरी उक्त निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित पार्वती डिसी चौधरी प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार चयन भएकी छिन् । त्यसबेलाकी समानुपातिक सांसद एवं कांग्रेस नेता खुमबहादुर खड्काकी पत्नी शिला खड्का पनि यसपटक पुनः समानुपातिक उम्मेदवारको सूचीमा छिन् ।

यसैगरी क्षेत्र नम्बर २ मा २०७० मा क्षेत्र नम्बर ३ मा निर्वाचित राजु खनाल प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ५ बाट निर्वाचित दीपक गिरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर ४ बाट निर्वाचित बुद्धिराम भण्डारी अहिले प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ को २ बाट उम्मेदवार बनेका छन् ।

यसैगरी पछिल्लो संविधानसभा निर्वाचनका समानुपातिक सांसद तथा हालका श्रमराज्यमन्त्री डिल्ली चौधरी प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ को ९क० बाट उम्मेदवार बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*