Home / Feature Breaking news / दशैको टिका उत्तम साईत मध्यान्ह ११ बजेर ५५ मिनेटमा

दशैको टिका उत्तम साईत मध्यान्ह ११ बजेर ५५ मिनेटमा

दाङ, १३ असोज

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत ११ बजेर ५५ मिनेटमा रहेको छ ।

यही असोज १४ गते भोली शनिवार विजयादशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।

राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीकाग्रहण गर्नुपर्छ, सर्वसाधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गादेवीका प्रसादकारुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’– समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले भने । विजयादशमीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ ।

यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजयादशमीकै दिन खड्गयात्रासमेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ ।

असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ । नेपाल राज्यभर दसैं महान् पर्वकारुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक–आपसमा जम्मा भइ दसैं मनाउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*