Home / समाचार / थारु पत्रकार संघको अधिवेशनको उद्घाटन श्रम मन्त्री चौधरीले गर्ने

थारु पत्रकार संघको अधिवेशनको उद्घाटन श्रम मन्त्री चौधरीले गर्ने

घोराही, ६ असोज

थारु पत्रकार संघ दाङ शाखाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन नेपाल सरकारका श्रम तथा रोजगार राज्य मन्त्री डिल्लीबहादुर चौधरीले गर्नु हुनेभएको छ ।

थारु पत्रकार संघले शुक्रबार एक विज्ञप्ती जारी गरि यस्तो जानकारी दिएको हो । संघका अध्यक्ष सन्तोष दहितले जारी गरेको विज्ञप्तीमा अधिवेशनको सम्पुर्ण तयारी भएको पनि जनाएको छ । संघको अधिवेशन यहि असोज ७ गते दाङको घोराहीमा रहेको डोको होटेलमा हुन गइरहेको छ ।

यसैबिच अधिवेशनमा नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, सचिव उदय जिएम, थारु पत्रकार संघको महासचिव मदन चौधरी, थारु सांसद, पुर्व सभासद, बुद्धिजीविहरुको सहभागिता रहने संघले जनाएको छ ।

अधिवेशनलाई भब्य र सभ्य बनाउनका लागि दाङका सवै राजनीतिदलका प्रमुख तथा प्रतीनीधि, नागरिक समाजका अगुवाहरु, सञ्चार संगठनका प्रमुख तथा प्रतिनीधिहरु, पत्रकारहरु, ब्यापारी तथा सरोकारवालाहरुलाई ठिक साढे १० बजे उपस्थितिको लागि अपिल पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*