Home / Feature Breaking news / बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि दबाब दिन पत्रकार महासंघ दाङको टोली बाँके

बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि दबाब दिन पत्रकार महासंघ दाङको टोली बाँके

कोहलपुर(बाँके), २१ भदौ

नेपाल पत्रकार महासंघ दाङका सदस्य एवं रेडियो स्वर्गद्धारी दाङमा कार्यरत पार्वति बस्नेतको श्रीमान प्रमोद बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि दबाब दिन नेपाल पत्रकार महासंघको टोली बाँके आएको छ ।

पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासनको नेतृत्वमा रहेको टोलीले आज वुधवार ईलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर बर्माको रहस्यमय मृत्युबारे निष्पक्ष छानविनकालागि अनुरोध गरेको छ ।

21272215_1466272186797435_2844999968007633506_n

त्यस अवसरमा बर्माको श्रीमति पत्रकार पार्वति बस्नेतले आफ्नो श्रीमानको मृत्यु आत्महत्या नभई हत्या नै भएको भन्दै निष्पक्ष छानविन भएर आफूले उचित न्याय पाउनुपर्ने बताउनुभयो । हत्या भएको प्रशस्त प्रमाण हुदाहुदै पनि अनुसन्धानमा ढिलाई भएको भन्दै उहाँले हत्यारालाई कडा कारबाही गर्न माग गर्नुभयो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बर्माको रहस्यमय मृत्युको घटनालाई विशेष प्राथमिकतामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो ।

उहाँले बर्माको मृत्युबारे सुक्ष्म रुपमा अनुसन्धान भईरहेको भन्दै मृत्युका विषयमा निष्पक्ष छानविन भईरहेको बताउनुभयो । प्रहरी अनुसन्धानको क्रममै भएकाले धैर्य गर्न घरपरिवारलाई अनुरोध गर्दै हत्या भएको पुष्टी भएमा पिडीतले उचित न्याय पाउने र अपराधीलाई कानुनी सजाय हुनेमा ढुक्क हुन आग्रह पनि गर्नुभयो ।

घटनालाई हत्याको दृष्टिले प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानका क्रममा २ जनालाई नियन्त्रणमा लिएर १४ दिनदेखी थुनामा राखेको पनि डिएसपी भट्टराईले जानकारी दिनुभयो ।

नेपाल बैंक लिमिटेड बर्दिका प्रवन्धक प्रमोद बर्मा साउन २१ गतेदेखी वेपत्ता रहेकोमा साउन २३ गते बाँकेको अगैया जंगलमा शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*