Home / Feature Breaking news / चार जना युवाद्धारा निमाहल चोकमा फीजियोथेरापि सेन्टरको स्थापना

चार जना युवाद्धारा निमाहल चोकमा फीजियोथेरापि सेन्टरको स्थापना

घोराही, ३ भदौ ।
दाङको घोराहीमा ल्याव, फिजियोथेरापी सँगै फार्मेसीको उद्घाटन गरिएको छ । मेडिकल साइन्स अध्ययन पुरा गरेका चार जना युवाहरुले घोराही उपमहानगरपालिका १५ निमाहल चोकमा ग्लोवल डाइग्नोष्टिक सि एण्ड सि फीजियोथेरापि सेन्टरको स्थापना गरेका हुन् ।

सेन्टरको जेष्ठ नागरिक दामोदर शर्मा देवकोटा, पुर्णा गिरी पौडेल र राप्ति उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष शंकरसिँह थापाले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा उपक्षेत्रीय अस्पताल विकास समितिका अध्यक्ष थापाले प्रयोगशालाको गुणस्तरीयता नै रोगको पहिचान गर्ने आधारभुत प्रमाण भएकाले गुणस्तरमा सचेत रहन आग्रह गर्नुभएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले व्यवसाय सँगै सेवाभाबलाई बढी ख्याल गर्न सुझाब दिनुभएको छ ।

अध्यक्ष भुषालले निजि क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई बचाउदै व्यवसायमुखि संगै सेवामुखि बनाउनु पर्नेमा जोड दिनुभयो । युवाहरु चन्द्रप्रकाश आचार्य, शेचन पौडेल, किरण योगी र विकास केसी मिलेर सो सेन्टर सञ्चालनमा ल्याउनुभएको हो ।

सञ्चालक चन्द्रप्रकाश आचार्यले सेन्टरले प्रदान गर्ने स्वास्थ्य सेवाको वारेमा र अर्का सञ्चालक किरण योगिले फीजियो थेरापिका वारेमा जानकारी गराउनुभएको थियो ।

उद्घाटनको अवसरमा भदौ १० गतेसम्मका लागि आधारधुत स्वास्थ्य प्याकेज २ हजारमा, फीजियोथेरापि ६०० मा र अन्य स्वास्थ्य जाँचमा ४० प्रतिशत छुट दिइने जानकारी दिईएको छ । कार्यक्रमको सहजीकरण किशोर चन्द्र गौतमले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*