Home / Feature Breaking news / ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान उपमहानगरलाई हस्तान्तरण

‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ अभियान उपमहानगरलाई हस्तान्तरण

विमल गौतम
तुलसीपुर, २५ साउन
दाङको तुलसीपुरमा संचालन भईरहेको ‘क्लिन तुलसीपुर ग्रिन तुलसीपुर’ सरसफाई अभियानको संयोजनको जिम्मेवारी हस्तान्तरण गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको संयोजनमा भैरहेको सरसफाई अभियान वुधवारदेखि तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि जिम्मेवारि हस्तान्तरण गरिएको छ । सरसफाई अभियानका संयोजक एव तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालको अध्यक्षता, नेपाल सरकारका सरसफाई दुत हाँस्यकलाकार सिताराम कट्टेल(धुर्मुस)को प्रमुख आतिथ्य तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको विशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो ।

2222कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले अबको सरसफाईको जिम्मा उपमहानगरपालिकाले लिएको भन्दै सबैको सहयोग र सहभागिताबाट नै अभियानलाई सञ्चालन गर्ने बताउनु भयो । पाण्डेले अभियान संचालन गरेर तुलसीपुरलाई राष्ट्रिय रुपमा परिचित गराएको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघको प्रशंसा समेत गर्नुभयो । उहाँले अबका दिनमा पनि यो अभियानमा वाणिज्य संघ लगायत अन्य सवै संघ संस्थाहरुको सहभागिता हुने भन्दै अबका दिनमा नगरका सवै वडामा समेत यो अभियान संचालन गरिने बताउनु भयो ।

प्रमुख अतिथि सिताराम भट्टराई (धुर्मुस)ले सरसफाई अभियानले तुलसीपुरका जनतामा ईच्छा शक्ति बढेको भन्दै यसलाई निरन्तर रुपमा सञ्चालन गरि अझै सफा र हरियाली नगर वनाउन सुझाव दिनुभयो । उहाँले सरसफाई अभियानले तुलसीपुरलाई राष्ट्रिय रुपमा चिनाएको समेत बताउनु भयो ।

बाग्मति सरसफाई अभियानका अभियन्ता डा.राजु आचार्यले अभियानले तुलसीपुरबासीमा चेतना प्रवाह गरेको भन्दै सबैको सहयोग र सहकार्य भए जस्तो सुकै काम गर्न सकिने बताउनु भयो । उहाँले काठमाण्डौमा बाग्मती सरसफाई अभियानको शुरुवात गर्दा सम्भव छैन भन्नेहरु समेत अहिले अभियानमा सहभागि हुने गरेको भन्दै सबैको सहयोग र सहकार्य भए जस्तो सुकै काम गर्न सकिने कुरा प्रमाणित भएको बताउनु भयो ।

अभियानका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजालले बाणिज्य संघले सुरु गरेको अभियानमा सहभागि भै ५१ हप्ता सम्म सहयोग पु¥याउने सवै संघसंस्था एव नगरबासीहरुमा धन्यबाद दिनुभयो । उहाँले जनप्रतिनिधि नहुदाको अवस्थामा आफुहरुले यो अभियान शुरु गरेको तर अहिले जनप्रतिनिधि आई सकेको हुदा संयोजनको जिम्मेवारि हस्तान्तरण गरेको बताउनु भयो ।

अभियानमा तुलसीपुर उद्योग बाणिज्य संघ संग संगै हुने बताउनु भयो । यो अभियानले तुलसीपुरको पहिचान बनाएको हुदा यसलाई अझै ब्यवस्थीत र सवै वडामा पु¥याउन उपमहानगर पालिका लाई आग्रह गर्नुभयो ।

कार्यक्रमका सरसफाई अभियानमा ५१ औ हप्ता सम्म सहभागि हुने बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । त्यसैगरि कार्यक्रममा चर्चित हास्य कलाकार (धुर्मुस), सुरविर पण्डित (दाह्रीबुढा) पल्पसा डंगोल(चम्सुरी) लगायतकाहरुले आफनो प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरबहादुर रावत(विरु)ले धन्यवाद तथा सञ्चालन तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपबहादुर खत्री र पत्रकार वसन्त ‘विवश’ आचार्यले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*