Home / Feature Breaking news / ३५ औ वीपी स्मृति दिवसः कहाँ चुक्यौ हामी ?

३५ औ वीपी स्मृति दिवसः कहाँ चुक्यौ हामी ?

विपुल पोख्रेल
वीपी कोइरालाको ३५ औ स्मृति दिवस मनाइदै छ । राजनीतिलाई जनताको सरोकारको बिषय बनाउने आन्दोलनको सूत्रधार तथा नेतृत्वकर्ता महामानव वीपी कोइराला नेपाली जनताका सबै भन्दा पृय नेता त हुँदैहुन्, नेपाली समाजको अन्तरबस्तु र बिषेशतालाई सबैभन्दा मिहिन ढंगले केलाएर त्यसलाई सम्बोधन गर्ने योजना बनाउने एक मात्र नेता हुन् । उनको नाम, उनको संघर्षको कथा र उनको नेतृत्व शैली आफैमा हरेक लोकतन्त्रबादीहरुका लागि सधै प्रेरणाको स्रोत र उर्जा भै नै राख्छ ।
तर, वीपीले सोचेको जस्ता समाज र पार्टी निर्माणका कहाँ चुक्यौ हामी ? यो सवालमाथी गंभिर बहस हुन जरुरी छ । यो बहसले मात्र हामीलाई हामी अघी बढीरहेको बाटोबाट जवरजस्त रुपमा फिर्ता गराएर सही बाटो पहिल्याउन संभव छ । संयोग नै मान्नुपर्छ यो ३५ औ स्मृति दिवसमा हामी यो बहसलाई सही ढंगले निश्कर्षमा पु¥याउन सक्यौ भने त्यसको कार्यान्वयन पनि तत्काल गर्ने सक्ने अबस्थामा उभिएका छौ । हाम्रा स्थानीयत तहहरुले भर्खरै काम थालेका छन् । वीपी कोइरालाले ‘सानो र सुन्दर’ अबधारणामा सामाजिक रुपान्तरणको संभावनालाई धेरै ठाँउमा केलाउनु भएको थियो । ती स्थानीय तहलाई सानो इकाई मानेर त्यसलाई सुन्दर बनाउने अभियानमा जुट्ने संकल्प ग¥यौ र कसरी सुन्दर बनाउने भन्ने कुरामा वीपीको सोंच र समाजवादी कार्यक्रमको सिद्धान्तमा टेकेर योजना बनायौं भने त्यो कार्यान्वयनको तहमा लैजान सक्ने अबस्थामा हामी छौ ।
वीपी सजिब समाज बनाउन चाहनु हुन्थ्यो । बीपी सजिब पार्टी बनाउन चाहनु हुन्थ्यो । सजिवताबाट मात्रै न्यायिक निर्णय र वितरण सम्भव छ भन्ने मत राख्नु हुन्थ्यो । वीपी गाँउमै सुबिधासम्पन्न स्वास्थ्य सेवा दिने कुरा गर्नु हुन्थ्यो, गाँउमा स्तरीय शिक्षा दिने बिद्यालय दिने कुरा गर्नुहुन्थ्यो, सुद्ध खानेपानीको प्रबन्ध गरेर जनतालाई निरोगी बनाउन योगदान दिने कुरा गर्नुहुन्थ्यो ।

गाँउमै उत्पादन बृद्धिको कुरा गर्नु हुन्थ्यो । अशक्त, बृद्धबृद्धाहरु, अपाङ्गता भएकाहरुलाई राज्यवाट थप सुबिधाको सुनिश्चिता हुनुपर्ने बताउनु हुन्थ्यो । गाउ जोड्ने सडकलाई पक्कि बनाउने वा ठूलो बनाउने योजना बनाउनु भन्दा पहिले त्यो सडकबाट के कती निर्यात गर्न सकिन्छ भन्ने कुराको बिश्लेषण गरिनु पर्ने बताउनु हुन्थ्यो । गाँउका जनशक्ति र उत्पादन बिजारमा सहज रुपमा प्रतिष्पर्धा गर्न सक्ने गरी स्तरीय बनाउने कुरा गर्नुहुन्थ्यो । अर्थात, गाँउ उजाड हैन, आकर्षक र आत्मनिर्भर बन्ने बाटोमा हिड्न सक्ने बनिरहुन् भन्ने उहाँको चिन्तन रहेको पाइन्छ ।

आजका स्थानीय तह यती कुरा गर्न सक्ने गरी अधिकार सम्पन्न भएका छन् । सबै जनप्रतिनिधिहरु यही वाटोमा लाग्ने प्रण गरेर अगाडि बढ्न सकौ ।
अब हेरौ हामी कहाँ चुक्यौ भनेर । वीपीले सुबिधासम्पन्न स्वास्थ्य सेवाको कुरा गर्नुभयो, कांग्रेस नेतृत्वको सरकारले प्रत्यक गाबिसमा स्वास्थ्य सेवा प्रवाह गर्ने इकाइ राख्ने निर्णय पनि ग¥यो । त्यसका लागि संरचना पनि बनायो । तर, त्यहाँ सजिबता अर्थात प्राण भर्न सकिएन । सेवा दिने चिकित्सक त्यहाँ पुराउन सकेनौ, आफ्ना र राम्रालाई गाउ हैन सहरमा राख्न वीपीकै अनुयायी भन्नेहरु तछाडमछाड गरे । गाउमा स्वास्थ्य चौकीको भवन छ, तर डाक्टर छैनन्, हामी निजी स्वास्थ्य केन्द्रलाई बिश्वास गर्न विवस भयौ । सबै गाबिसमा हाइस्कूल स्थापना गर्ने निर्णय ग¥यो कांग्रेस नेतृत्वको सरकारले । तर, त्यहाँका शिक्षकलाई स्तरीय पढाई दिन प्रेरित गर्न सकेनौ, त्यहाँ शिक्षक संघको आबश्यकता देख्यौ र शिक्षक परिचानल गरेर राजनीति गर्ने सपना बाक्यौं । असल र पढाउन प्रतिबद्ध बन्न शिक्षकहरुलाई प्रेरित गरेनौ, शिक्षक संघ, संगठनहरुमा प्रतिबिद्ध बन्ने शिक्षकहरु निर्माणमा लाग्यौ । निशुल्क शिक्षा दिन सकेनौ, राम्रो पढाउन सकेनौ र नीजी बिद्यालय तर्फको अकर्षण बढ्यो ।

सरकारी बिद्यालयका शिक्षकका छोरा निजी बिद्यालयमा पढ्छन् । यो कुरालाई हामीले अहिले सामान्य रुपमा लिन्छौ तर यसको गहिराईमा पुगेर सोचौ त, हाम्रा बिद्यालयहरु कति अबिश्वसनीय रहेछन ? जुन संरचनामा सजिबता रहदैन, त्यसप्रती बिश्वसनीयता पनि रहदैन । शुद्ध खानेपानीको व्यबस्था गर्ने भनियो, ‘ट्रिटमेण्ट ल्पान्ट’को परियोजनाका लागि राज्यले पैसा दिने चाहना बनाएन । बरु पानीको बोटलिङ गरेर बेच्न तर्फ बाटो खोलिदियो । उत्पादन बढाएर सडकको स्तरोन्नती गर्ने कुरालाई उल्टो रुपमा बुझ्यौ, पहिले नै सडक ठूला बनाएर बाहिरको उत्पादनलाई गाउँमा ल्याएर सुबिधाभोगी जीवन जिउने सपना बुन्न थाल्यौ ।

अशक्त, बृद्ध, बृद्धा, अपाङ्गता भएकाहरुका लागि सुबिधाको सुनिश्चितता भनेको भत्ता दिने कुरा मात्र हो भन्ने ढंगले बुझ्यौ ।
अर्थात, वीपी समाजलाई सजिब बनाउन चाहन्थे, तर हाम्रा कदमहरु त्यस अनुरुप भएनन् । अस्पताल बनायौ, बिद्यालय बनायौ, अन्य सेवाप्रदायक इकाईहरुका भवन बनायौं तर त्यहाँ जीवन दिन सकेनौ । बिश्वास जित्न सकेनौ । नीजी क्षेत्रबाट संचालित सेवा केन्द्रहरु, जसको उद्देश्य नाफा हो, ती इकाईहरु तर्फ बिश्वास बढ्दै गएको छ ।
पार्टी संरचना भित्रको अबस्था पनि त्यस्तै छ । बीपी संकल्प र केही गर्ने प्रतिबद्धताका भएका कार्यकर्ता निर्माण गर्नचाहनु हुन्थ्यो । हरेक संरचनामा समाबेशिता अर्थात सिंगो देशको मुहार देखिने गरी प्रतिनिधित्व गराउन चाहनु हुन्थ्यो । तर, आज हामी कस्ता कार्यकर्ता निर्माण गर्न खोज्दैछौ ? नेतृत्वले वीपी स्मृति दिवसका दिन आफैलाई प्रश्न गरी उत्तर खोज्ने कोशिस ग¥यो भने त्यसले सोंचाइमा परिवर्तन ल्याउने छ ।
वीपी राष्ट्रका पुँजी हुन्, सबका साझा हुन् । उनको सम्मान र संझना सिंगो देशले गरिरहेको छ, तर कांग्रेस आफ्नो औपचारिक कार्यक्रम मार्फत मात्र वीपी संझदै छ । वीपीको संझना अब बिशेष रुपले केही गर्ने दिनका रुपमा गर्न आबश्यक छ । बुद्ध जयन्तीलाई बिश्व शान्ति दिवस भनिन्छ । गान्धीको जन्म दिनलाई बिश्व अहिंशा दिवस नामाकरण गरिएको छ । बीपी स्मृति वा जयन्तीलाई कसरी चिन्ने ? कांग्रेसले योजना बनाउन सक्नु पर्छ र वीपीको स्मरणमा प्रत्यक बर्ष एउटा नयाँ कामको घोषणा गर्ने योजना बुन्नु पर्दछ ।
अन्त्यमा, हिजो वीपीका नाममा रुख रोपिन्थ्यो, त्यो पनि छुटेको छ । जीवनका उत्तरार्धमा पुगेकाहरुले आफुले वीपीको नाममा रोपेको रुख भन्दै त्यो रुखलाई हेरेर सन्तुष्टि काट्ने गरेको पाइन्छ गाँउघर तिर । वीपीको नाममा रापेको त्यो रुखमा चौतारी बनाएर जनतालाई सुस्ताउने थलो बनाइदिने योजना बनाइरहेका बृद्धहरु पनि सैयौ भेटिन्छन् । छोरानातीलाई ‘अब मर्ने बेलामा बीपीको स्मृति दिबसमा मैले लगाएको यो पिपलको बोटमा एउटा चौतारी बनाइदिने इच्छा छ बाबु’ भनेर पैसा माग्नेहरुको संख्या पनि छ । आज कांग्रेसको संरचनाले ती कांग्रेसजनलाई चिन्दैन ।

अब त पदमा बस्नेहरुले भाषण गरेर मात्र वीपीलाई संझने संस्कृतिको विकास ग¥यो कांग्रेसले । पदमा नहुनेले त बीपीलाई सम्झने ठाँउ पाउन पनि छाडे । तर, आस्था भनेको अस्था नै हो, आफ्नो घरमा रहेको वीपीको तस्विरमा टुलुटुलु हेरेर ‘हाम्रा नेतालाई बुद्धि देउ सान्दाजु…’ भनेर दिनहु पुकार गर्नेहरुको संख्या बढ्दो छ । आज वीपीको कुरा गर्दा कांग्रेस नेताहरुले आफुहरुलाई गाली गरेको किन ठान्छन् ? आफुलाई गिज्याएको किन ठान्छन् ? समस्या यही नेर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*