Home / समाचार / विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर प्रशिक्षण

विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर प्रशिक्षण

रोशन घर्ति
काठमाडौं,२असोज । प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण दिइएको छ । कार्यक्रमको मंगलवार एक कार्यक्रमको आयोजना गरि उद्घाट्न गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रम गोकणेश्वर नगर समितिका नगर सचिव रोहित गौतमको अध्यक्षता गोकणेैश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता एंव विद्यार्थी परिषदका राष्ट्रिय सचिव एवं बाग्मती विभाग संगठन सचिव छितराज न्यौपाने, प्रदेश नं ३ का सचिव कृष्णप्रसाद हुमागाई, ग्याल्यक्सी ईन्स्टिच्युट्का संचालक सन्देश श्रेष्ठ ,कार्यक्रम संयोजक प्रतीक गौतम लगायतको उपस्तिथिमा रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिती एंव वडा अध्यक्ष नारायणबहादुर श्रेष्ठले आगामी दिनमा विद्यार्थी परिषदका गतिविधिहरुमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। यस्तै परिषदका राष्ट्रिय सचिव छितराज न्यौपानेले विद्यार्थी परिषद्ले देशव्यापी रचनात्मक र प्रशिक्षणात्मक गतिविधि गर्दै आइरहेको र यो कार्यक्रमको सुरुवात गर्ने जोरपाटी नगर समितिलाई बधाई एवं अभिनन्दन गरेका थिए ।
कार्यक्रमहरुमा पनि सहभागी हुन प्रशिक्षार्थीहरुलाई आग्रह गर्दै प्रशिक्षणमा भरपुर सीप सिकि लाभ लिन अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो। ईन्स्टिच्युटका संचालक सन्देश श्रेष्ठले विद्यार्थी परिषदले सामाजिक दायित्व दिएकाले यो दायित्वलाई निर्वाह गर्न आफू तयार रहेको र आगामी दिनमा पनि यस्ता कार्यमा सक्रिय रहने बताउनु भयो।

नगर सचिव रोहि हुमागाइको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नगर छात्रा प्रमख सबिता लामिछानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*