वर्तमान युग डिजिटल युग भएकाले को समय रहेकाले डिजिटल साक्षरताको अपरीहारर्यता रहेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । समय र आर्थिक सदुपयोग गरी घरमै बसि डिजिटल र बित्तिय शिक्षाको फाइदा लिनुपर्ने अध्यक्ष गिरीको भनाइ छ । अहिलेको समयमा योग्यतामात्र हासिल गरेर मात्र नभइ डिजिटल साक्षर हुन आवश्यक रहेको उनले बताए ।
जर्सि ओभरसिजको आर्थिक सहयोग, डिप्रोक्स नेपाल र प्रेक्टिकल एक्सनद्वारा संचालित समुन्नति डिजिटल फाइनान्सको माध्यमबाट महिला कृषक सशक्तीकरण परियोजनाको तेस्रो चरणको वित्तिय शिक्षा र डिजिटल साक्षरता सम्बन्धि तालिमको समापन अवसरमा अध्यक्ष गिरीले यस्तो बताएका हुन् । दंगीशरण गाउँपालिकाका ३, ४, ५ र ६ वडाका १९ वटा समुहमा संचालित तालिमको आज सोमवार समापन गरिएको हो ।
समापन अवसरमा बोल्दै समुन्नति परीयोजनाका सयोजक अमित दुवाडीले दंगीशरण गाउँपालिकमा रहेर तेस्रो चरणसम्म आइपुग्दा त्यहाँका दलित, बिपन्न बर्गका महिलाहरु डिजिटल साक्षर भएको देख्दा आँफु निकै हर्षित भएको बताए । अहिलेको समय डिजिटलको समय रहेकाले आफुहरुको ग्रामीण दुरदराजका महिलाहरुलाइ डिजिट साक्षर बनाउने प्रमुख उदेस्यरहेको सयोजक दुवाडीले बताए ।
यस्तै प्रेक्टिकल एक्सनका कार्यक्रम अधिकृत शिवलाल शर्माले सिकेको कुरालाइ पुर्णरुपमा व्यबहारमा लागु गरीदिन सहभागीहरुलार्इ आग्रह गरे । आँफुले काम गर्ने क्रममा केहि समस्या भए नजिकै टोल छिमेकमा रहेका प्रशिक्षकहरुको सहयोग लिन सकिने बतए । सिकेको कुरालाइ दैनिक रुपमा प्रयोगमा ल्याए मात्र सिकेको सीपमा बृद्धि हुने उनको भनाइ थियो ।
कार्यक्रमम बोल्ने अधिकांश सहभागी वक्ताहरुले समय सान्दर्भिक कार्यक्रम रहेको र आगामि दिनमा पछाडि परेका महिला दिदिबहिनीको लागि अझै यस्तै कार्यक्रम थप गर्न आवश्यक रहेको बताएका थिए ।
अहिलेको विद्युतिय डिजिटलको समयमा घरमै बसि हरेक बिल तिर्न सानो व्यवसाय गर्न, मोबाइल वालेट, बचत गर्न र खर्च घटाउन लगायतका थुप्रै कुराहरु सिकेको बताए । सहभागीले वित्तीय कक्षामा सहभागी भएपछी जियो कृषि एपको माध्यमबाट बजार भाउ बुझ्न, मौसमबारे जानकारी लिन, बालिनालीमा लागेको रोगको समाधान लगायत हरेक कुरा मोबाइलको माध्यमबाट गर्नसक्ने भएकोप्रती समुन्नति परीयोजनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।
समापन कार्यक्रममा कृषि विकाश शाखा प्रमुख शरु भुषाल, वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी, वडा न ५ का वडा अध्यक्ष निरज बस्नेत, वडा न ६ का वडा अध्यक्ष रोशनजंग शाह लगायतले आफ्नो भनाइ राखेका थिए ।
समापन कार्यक्रम समुन्नति परीयोजनाका सयोजक अमित दुवाडीको अध्यक्षता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी प्रमुख आथित्यता तथा प्रेक्टिकल एक्सनका शिवलाल शर्माको बिशिसष्ट आतिथ्यमा भएको थियो । कार्यक्रमको सहजीकरण समुन्नति परीयोजनाकी दंगीशरण शान्तीनगर सयोजक कल्पना खड्काले गरेकि थिइन ।
RaptiSandesh RaptiSandesh