Home / Feature Breaking news / गोठ भत्किएर बालिकाको मृत्यु

गोठ भत्किएर बालिकाको मृत्यु

दाङ,३२ असार । दाङमा गोठ भत्किएर एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*